Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनताको तत्कालिन समस्यालाई हल गर्न नसक्ने अकर्मन्य नेतृत्वको कारण व्यवस्थामाथि खतरा पैदा भएको छ । संघीय लोकतन्त्रका धनाढ्य नेताहरूले पार्टीको नीति, सिद्धान्त र विचारमाथि प्रहार गरेका छन् । त्यो प्रहारमा केपी ओली नै अगाडि छन् । प्रचण्ड र देउवा पछाडि छन् । ठूला दल जसले संविधान बनाए तिनले आफू र आफ्नो घेराबन्दीका नेता कार्यकर्ताबाट राज्य दोहनको नीति नियम बनाए । संघीय सांसद, प्रदेशका सांसद, केन्द्रमा राष्ट्रपति, प्रदेशमा प्रमुख जस्ता पदमा उभ्याएर राज्य दोहन गराएका कारण जनता ठूला दलहरूबाट विरक्तिँदै रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीतर्फ केन्द्रीत भएका हुन् । स्थानीय तह लुटको थालो छ । राजनीति समाजसेवा भएन, व्यापार र व्यवसाय भएको छ ।
राजाले ३० वर्षसम्म कजाएका राजावादी पञ्चहरूलाई एमालेले काँध हालेर गणतान्त्रिक व्यवस्थाको संघीय संसदमा पाँचौ दलm बनाएको छ । केपी ओलीको कुनै पनि आन्दोलनम ा लगानी नभएको कारण उनले कम्युनिष्ट र काँग्रेसको रिसमा पुरातन वादी राप्रपाको छहारी खोज्दा देशका कम्युनिष्ट सुध्रन्थे भने काँग्रेस सुध्रन कर लाग्छ । काँग्रेस एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने सपना देखेका डा. शेखर कोइरालाहरूको दम्बको औषधि मिसन ०८४ मा उपलब्ध हुन्छ । किनकि काँग्रेसलाई एक्लै चुनावमा भिड्दा कस्तो उपलब्धी हात प¥यो त्यो ०७४ को चुनाव हो । काँग्रेसले कुनै राम्रो काम गरेको छैन ।
कोशी काण्डले नै शेखर समूह पार्टीमा कमजोर बन्दैछ । वामपन्थी मिल्ने हो भने काँग्रेस ३२ देखि ३५ सिटमा दोब्रिन्थ्यो । अबका दिनमा गगन र विशवको अवस्था विगतको जस्तो छैन । प्रदीप पौडेल टुरिष्ट भए पनि काठमाडौं ५ ले जिताएको संविधानको रक्षा संसदको सुरक्षा, संघीयताको सुदृढीकरण सम्बन्धी एजेन्डा मिलेका दलहरूबीचको सहकार्य हो । केपी ओलीको महाराज हुने शैलीले कम्युनिष्ट शक्तिबीचको सहकार्य भत्क्यो । ओलीलाई प्रचण्ड र माधवले पत्याएनन् भने मोहन विक्रम र नारायणमान विजुक्छे समाजवाद भन्छन् । मोहन विक्रम एक्लै चुनाव जित्ने ठाउँ छैन तर पनि उनीहरू क्रान्तिकारी छन् । नेतृत्वको अर्कमन्यताको शिकार भएको संघीय लोकतान्त्रिक व्यवस्थाको बदनामी तिनै भ्रष्टले गराए । जो एक न एक काण्डमा जोडिएका छन् । भक्तपुर शिक्षा र स्वास्थ्यमा अब्बल छ, त्यस्तो रुकुम, रोल्पा र गोरखामा छैन । देउवा, केपी, माधव, झलनाथले काण्डै काण्डको माला लगाएका थिए । यहाँ प्रचण्डलाई जनमुक्ति सेताको अस्थायी शिविर काण्ड जबर्जस्त उचाल्दै गर्दा अहिले स्मार्ट टेलिकमको लाइसेन्स काण्डको २७ अर्वमा जोडिए । चौधरी समूहको राज्य दोहनमा प्रधानमन्त्रीको नाताले प्रचण्ड सहभागी भए । एनसेलले २३ अर्ब राजश्व तिरेको छैन । त्यसको ६ वर्षे अवधि बाँकी छँदै २७ अर्ब राजश्व तिर्नु पर्ने स्मार्ट एनसेलमा गाभेर ७ अर्ब राजश्व तिरे हुने बताउँदा एनसेलको ३३ अर्ब स्मार्टले तिर्नु पर्ने रु २० अर्ब राज्यको गुम्दा प्रचण्डलाई कसुरी चोखो भन्ने ? माओवादी धारको शक्ति छिन्नभिन्न कसरी बनाउन विदेशी डलर खर्च भयो । जनजातिको नाममा सुरेश आले, देव गुरुङ धनी भए, दलीतको नाममा खड्ग विक अझै खाँदैछन् । एमाले विदेशी डोनरबाट पार्टी पनि पेशागत संगठन पनि चलाउँछ । काँग्रेसका नेताहरू दूतावास आश्रित छन् । गगन, विश्व, प्रदीपहरूको हैसियत डा अमरेशकुमार सिंहले खोल्छन् । डा. आरजु र मञ्जु जस्ता शेषनाथहरूले इँटा भट्टामा ज्यूँदै मान्छे पोल्ने रौतहटका सामन्त मोहम्मद अफ्तावलाई न्याय खोज्छन् ।
मुलुकको तत्कालिन आवश्यकता के हो त्यसको चासो प्रचण्डलाई भए पनि भएन । काँगेसले उद्योग, वाणिज्य, आपूर्ति, स्वास्थ्य र कानुन मन्त्रालय लिएको छ । उसको पार्टीका मन्त्रीले राम्रो गर्दैनन् । अपसज प्रचण्डमाथि आउँछ । शेष नागले घेरेको राज्यसत्ता जनमुखी हुन्न । त्यही कारणले डा. आरजु, मञ्जु, ज्योत्सनाको टीममा गंगा जोडिएकी छन् । सत्ता कसरी कसले प्रयोग गर्छ भन्ने कुरा प्रमकै स्वकीय सचिव रमेश मल्लको दादागिरी पनि चर्चामा छ । सरकारले दशैं तिहारमा चिनी लुकायो । राम्रो काम गरेका सुदन किराँतीले दशैंमा हवाई यात्राको टिकट दोब्बर बनाउन दिए । टिकट बुकिङ सकियो भाडा घट्यो । यस्ता नाटक सरकारमा बारम्बार देखिन्छ । किराँती जस्तै शेष नागहरू माओवादीमा किन भित्रिएका छन् । जनार्दन शर्मा, वर्षमान पुन, दिनानाथ शर्माहरूले तीन पुस्तालाई कमाए । यिनको लगानी धेरै ठाउँमा छ । देवेन्द्र पौडेल नै साधु होइनन् । शक्ति बस्नेत त ५ हजार पनि नछाड्ने काँग्रेसका उमाकान्त चौधरी जस्तै हुन् । काँग्रेसको युवा पुस्ताका गगन थापा, प्रदीप पौडेल गल्ला नै हुन् । यिनको मान सम्मान मिडिया काँग्रेस हुनु हो । शेखर गुट अन्यायका विरुद्ध लड्छ पार्टीमा ठाउँ छैन । ३८ प्रतिशतको भाग खोजेको हो । त्यसले कोशीमा विद्रोह ग¥यो आफैं थला पर्दैछ । पार्टी र सत्तामा भाउजु काँग्रेसको हालिमुहाली छ । जसले धनगढीको घर मर्मतको लागि १२ लाख ४५ हजार प्रदेश सरकारबाट लिन लाज मान्दैन । यस्ता शेष नागहरूबाट घेरिएको सरकारले राज्यको राजश्व बढ्न दिने अवस्था छैन । अर्थमन्त्री डा. प्रकाशशरण महत आफैं भ्रष्टाचारी हुन् । यिनको सत्ताकाल अफल छ । त्यही कारण प्रचण्ड सरकार पूर्ण असफ भएको हो । असफल सरकारको योजना हुँदैन । भ्रष्टाचारीहरूको जात, वर्ग, धर्म हुँदैन । माओवादीले विध्वंश ग¥यो बनाएन । प्रचण्डको प्रधानमन्त्री हुने सपना पूरा भयो देश मुखले बनाए पनि काम भने कतै देखिएको छैन । शेष नागले धेरैको सत्तामा सुधार हमुने आश छैन ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल