Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काण्डै काण्डले ठूला दल बदनाम

काठमाडौं । ठाउँ पाएपछि विश्व बैङ्कको ग्रामीण दूरसञ्चार प्रणाली शुरु गर्न विश्व बैङ्कले गरेको लगानीमा १ करोड १८ लाख ६५ हजार डलर झ्याप पार्न काँग्रेसका विनोद चौधरी जसरी सफल भए त्यो सफलता माओवादीको रोल्पाली नेताले सुन तस्करीमा प्राप्त गरेका छन् । माओवादीको १० वर्षे जनयुद्धको शानमान नेताको सत्ता प्रेम, भ्रष्ट मनोवृत्ति र कमिशन मोहनले सकायो । मन्त्री हुँदा नलुटेका र भ्रष्टाचारमा सहभागी नभएका नेता त्यहाँ छैनन् । जो सांसद भए तीनले गृह जिल्लामा काँग्रेस र एमालेका खान्दानी कमरेडहरूसँग मिलेर बालुवा, गिटी, काठ, जडिबुटीको धन्दा चलाएकै छन् । यसको नमूना सिन्धुपाल्चोक र सिन्धुलीका सांसद हुन् ।
यस पटक उपराष्ट्रपति पदमा २ चरण विराजनमान भएर जनयुद्धका कमाण्डर नन्दबहादुर पुनको समेत इमेज खरानी भयो । उनकी पत्नीले आफैं रसुवा भन्सार पुगेर सुन ल्याउने धन्दा गरेको चर्चा चल्यो । छोरा जितेन्द्र पुन, अमेरिका पुगे, सहकारी ठगीमा दिपेश पुन पनि जोडिए । कृष्ण्बहादुर महरा पुत्र राहुल जेलमै रहँदा बाबु पनि भेप काण्डमा जोडिए स्वास्थ्य अवस्था देखाउँदै हाजिरी जमानीमा छाडियो । चिनियाँ नागरिकसँग यिनको सम्बन्ध देखियो । ९ किलो सुन प्रकरण यहाँ थियो । अर्थमन्त्री भएका वर्षमान पुनले पिए राखेका जीवन रोक्का र सन्देश रोक्का पनि वेल्जियम नागरिक आङ दावासँगको सम्पर्क सुत्र नै भए । किनकि कमला रोक्का दावाकी पत्नी हुन् । उनी अर्थमन्त्री वर्षमान पुनको निवास आउजाउ गर्दा शंका उत्पन्न भयो । भेप काण्डको रु ८ करोड ५५ लाख काण्डमा महरा बाबु छोरा जोडिएका छन् । यसैमा उपप्रम एवं परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका दुहुनो गाई झलकराम अधिकारी सहभागी थिए । १३८ किलो सुनको सम्बन्ध सूत्र नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङसँग देखिए पनि अदातलले १५ लाख धरौटी लिएर छाडेको छ । जबकि उनलाई रु १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो दाबी गरिएको थियो । १४ केजी सुन सहित मंसिरमा एयरपोर्टबाट समातिएका चन्द्र घलेको बयानले जीवन गुरुङ पक्राउ परेका हुन् । भारतीय नागरिक अंकित अग्रवाल १३८ किलो, दावा जीनको टोलीले ३६२ किलो सुन भिœयाएको अनुसन्धानले देखायो । यही टोलीले दोलखाका दिलीप भुजेलको नागरिकता प्रयोग गरी रेडिट्रेड कम्पनी चलायो । सुन भिœयाउने र गाल्ने काम राजधानी भित्र जग्गा भाडामा लिएर टिनले बारेर कारखाना खडा गरी २ वर्ष अगाडिदेखि निरन्तर धन्दा चलाउँदा माओवादीका नेताहरू कहीं न कहीं जोडिएको देखियो । नेतामध्येकै केही जनयुद्धमा बैङ्क लुट्दाको सुन गायव बनाएका पनि छन् ।
सुन तस्करी बहुदलीय व्यवस्थाको दोस्रो चरणबाट शुरु भएको हो । त्यो बेला काँग्रेसका खुमबहादुर खड्का राप्रपाका रविन्द्रनाथ शर्माको नाम अगाडि सुन खड्का र सुन शर्मा भनिन्थ्यो । दिपक मलहोत्रा छवि भुषणहरू काँग्रेसका निकट थिए । काँग्रेसले शुरु गर्दा प्रहरीको सेटिङले एयरपोर्टदेखि मलहोत्रा र भुसालको सम्पर्कसम्म प्रहरीले नै सुन पु¥याउने गथ्र्यो । समयले छलाङ मारेझैं गणतन्त्रमा आएका नयाँ जोगीले खरानी धेरै धसेको देखियो । एमालेले यति, ओम्नी, गिरिबन्धु, फोरजीको कमाल गर्दा काँग्रेसले वाइडवडी, भुटानी शरणार्थी र टेरामक्स काण्ड चम्काउँदा माओवादीलाई एनसेल काण्ड र सुन काण्डले ग्रस्त बनाएको बेला रास्वपाको नाममा रवि लामिछाने एक्लै सहकारी ठगी काण्डका नायक भएका छन् । संसदमा यी काण्डका बारेमा विपक्षीले आवाज उठाएकै छैनन् । आफैं सहकारीबाट रु १ करोड ८० लाख लैजाने रवि रवि लामिछाने गृहमन्त्री छन् ।
प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहालले पार्टीका नेता यस्तो दुर्गन्धमा डुबेको थाहा पाएर नै जे सकिन्छ परिवारकै सदस्यहरूलाई नै फाइदा हुने काम हुने गरेका छन् । उनले नातिनी र ज्वाइँका लागि के हुन् मान्छेले प्रतिक्षा गर्दा पूर्व उपराष्ट्रपतिका पूर्वदेखि कृष्णबहादुर महरासम्मको पौरख सार्वजनिक भएको हो । सरकारले अपनाएको यो कठोरताप्रति जनताले साथ दिएको छ । तर शंका छानविन गर्ने आयोग बन्नु अगाडि प्रहरीको सिआईबीमाथि भएको दबाव हो । ब्यूरोले रामबहादुर थापा पुत्र र जीतेन्द्र पुन फरार भन्दा भारतीय नागरिक अंकित अग्रवाललाई पनि पक्रन सकेको छैन । सिआईबीका प्रमुख श्याम ज्ञवालीका बारेमा जीवन चलाउनेको बयान काफी छ । सैद्धान्तिक रुपमा दलीय अभ्यास चलेको भए लोकतन्त्रको बदनाम हुने थिएन । जसले गणतन्त्र र लोकतन्त्रको लागि लड्यो, बन्दूक उठायो, २३४ वर्षको राजतन्त्र फाल्यो त्यो शक्ति ०६५ देखि निरन्तर जसो सत्तामा बसेर कस्तो पौरख गरेछ जनताले छर्लङ्ग देख्यो । किनकि चीनसँग सम्बन्ध भएका कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन माओवादीको आधार थालो रोल्पाका हुन् । सुन तस्करीमा धेरै माओवादी जोडिए, अरु काण्डमा काँग्रेस र एमालेका ठूला नेता नै सरिक भएको कुरा छर्लङ्ग छ । प्रचण्ड सरकारले आफैं टाउकोमा तातो खरानी खन्याएको छ । अरुलाई कारबाही गर्नु अगाडि आफ्नै वरपरको भिडमाथि लाठी प्रहार गर्न प्रचण्डको बाध्यता हो । यो बाध्यताभित्र नेकपा एमालेसँगको गठबन्धन हो । एमालेले ठूला उल्कापातका मन्त्रालय नलिँदा गठबन्धन भत्कन्छ भन्ने शंका गर्ने ठाउँ छ । तर स्थिति केपी ओलीको राजकीय ठाँटले पार्टीको माहोल निरनतर खस्किनु पनि हो । एक्लै मिड्दा केपीकै स्थान सुरक्षित छैन ।


सम्बन्धित समाचार