Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक दल र जातिय संगठन नै जातिय विभेदका पक्षमा

नेपाली समाजमा विद्यमान सामाजिक विभेदका विरुद्ध चलचित्र बनेको छ । वेदप्रसाद भुर्तेलले निर्देशन गरेको नेपाली समाजको यथार्थ कथा समेटिएको चलचित्र ‘नदेखिएको जात’को प्रदर्शन हुन सकिरहेको छैन । अफिसर, संजोग, कुर्वान, इन्काउण्टर आदि चलचित्रको निर्देशन गरिसकेका निर्देशक भूर्तेल अन्तरजातीय बिबाह गरेकै कारण बिगत १२, १५ वर्षदेखि आफ्नो गृह प्रवेश गर्न सकिरहेका छैनन् । चलचित्र नदेखिएको जात र जातीय बिभेदको बारेमा निर्देशक वेदप्रसाद भूर्तेलसंग ताजाखबर साप्ताहिकको लागि गरेको संक्षिप्त कुराकानीः

० पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
जातीय विभेद र अन्तरजातीय बिबाह सम्बन्धी चलचित्र नदेखिएको जात निर्माण गरेको छु त्यसैको प्रदर्शनको लागि दौडधुप गरिरहेको छु ।

० जातीय छुवाछूतको अन्त्य भएको होइन र ?
राज्यले जातीय छुवाछुतको अन्त्य गरे पनि व्यवहारमा लागू हुन सकेको छैन । दूरदराजको कुरा छाडौं सहरिया, शिक्षितहरू नै यो कुरा मान्न तयार छैनन् । यस्तो अवस्थामा पीडितहरू जो दलित भएकै कारण अमानवीय व्यवहार सहँदै आएका छन् । यस्तै विषयमा अन्तरजातीय विवाह सम्बन्धी मार्मिक र चेतनामूलक चलचित्र ‘नदेखिएको जात’ निर्माण तथा निर्देशन गरेको हुँ ।

० तपाईको जिल्लामा उपचुनाव हुदैछ नव उम्मेदवारहरूबाट के चाहना गर्नु हुन्छ ?
ईलाम जिल्ला क्षेत्र नम्बर २ मा हुन गैरहेको यो पटकको चुनावमा आफ्नो अमुल्य मतदान गर्ने अवसर, समाजमा परिवर्तन ल्याउन महान क्रान्तिकारी सोच भएका युवा आफ्नो मन भावना पीडा समानता बुझ्न सक्ने नेता, पार्टी र दलको आवश्यकता रहेको छ । जसले हामी जस्ता अन्तरजातीय बिबाह गरेकै कारण समाजबाट अपहेलित र अमानविय व्यबाहरको अन्त्य गर्न पहल होस् भन्ने चाहन्छु ।

० जिल्ला नै छाडेर हिंड्नुपर्ने बाध्यता कसरी भयो ?
झापा अर्जुनधाराकी निलम दर्जीसँग २०६८ साल पुष ४ गते मेरो अन्तरजातीय विवाह भएको हो । त्यही समय देखि हामी समाजबाट बहिस्कृत भयौं र आजसम्म पनि घर फर्कन सकिरहेका छैनौं । अहिले आफ्नो परिवार र समाजसँग मात्र होइन, कानुन बनाएर लागू गर्न नसक्नेसँग पनि एक्लै लडिरहेका छु ।

० जातीय बिभेदको अन्त्य सम्भव छैन ?
नेपालमा विद्यमान जातिय विभेद पूर्ण रूपमा अन्त्य गर्न भने सकिदैन । किनकि यो देशमा केहि राजनीतिक दल र केहि जातिय संगठन नै जातिय विभेद अन्त्य गर्न चाहदैनन् ।

० तपाईले बनाउनु भएको चलचित्रले कस्तो सन्देश दिन खोजेको छ ?
चलचित्र ‘नदेखिएको जात’ जातिय बिभेदभित्रको प्रमेकथा हो । यो जातिय विभेद अन्त्य गर्नको लागि चाहिने सबै भन्दा ठुलो हतियार भनेकै प्रेम हो । हामीले यो जातिय विभेद अन्त्य गर्नको लागि पानी मात्र चलाउने होइन । दुई समुदायबीच बिबाहबारी पनि चलाउनु पर्छ भन्ने सन्देश दिन खोजेका छौं ।

० राज्यबाट के आशा गर्नुहुन्छ ?
समाजमा संकुुचित भावनाबाट ग्रसितहरूको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास फिल्म ‘नदेखिएको जात’बाट गरेका छौं भने राज्यले यो चलचित्र शहरदेखि ग्रामिण वस्तिहरू र देशैभरका बिद्यालयमा प्रदर्शन गर्न सहज वातावरण मिलाउन विशेष पहल गरिदियोस् भन्ने चाहन्छु ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल