Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वले बौद्ध धर्मसम्बन्धी संस्कृति, कला र सभ्यताहरूको संरक्षण गर्दै स्थानीयवासीहरूको भावनाको कदर गरी बौद्धनाथ स्तुपा क्षेत्रमा मर्मत सुधार गर्नुपर्नेमा केही समय अगाडि मनपरी ढंगले स्तुपा परिसरमा नयाँ इँटा छाप्ने काम समितिको गठनादेश विपरित गरेका कारण स्थानीयवासीहरुले समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका छन् ।समितिले लापरबाही ढंगले गरेको आर्थिक अपचलनका बारेमा पनि स्थानीय जनताले बारम्बार सचेत गराउँदा बेवास्ता गरेको कारण समितिले गरेका कामहरूको विवरण झिकाई छानविनको माग गर्दै उजुरी दर्ता गराएको बताएका छन् । समितिले गरेका गलत कामको विवरणसहित दिइएको सो उजुरीमा ९ वटा बुँदा रहेका छन् । जहाँ समितिले आफ्नो अख्तियारको दुरुपयोग गरेका घटनाहरु उल्लेख गरिएको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल