Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अमेरिकाले गाँजामा ‘नरसंहार’ गरिरहेको इजरायललाई फेरि हतियार पठाउनेबारे योजना बनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ८ बिलियन अमेरिकी डलर ९१० खर्ब रुपैयाँभन्दा बढी० मूल्य बराबरको हतियार इजरायल पठाउन चाहेका हुन्।
यो खबर तब सार्वजनिक भएको हो जब बाइडेन आफ्नो कार्यकालको संघारमा छन्। अबको दुई सातामा डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बन्ने छन्। ह्वाइट हाउस छोड्नुअघि बाइडेनले गरेको यो प्रस्ताव अमेरिकाको दुवै सदनबाट पारित भने हुनुपर्नेछ।
गत अगस्टमा अमेरिकाले इजारायललाई २० बिलियन डलर बराबरको फाइटर जेट र अन्य सैन्य उपकरण दिने स्वीकृति दिएको थियो।
अहिले घोषणा गरिएको हतियारहरुमा एयर टु एयर मिसाइल, हेलफायर मिसाइल, आर्टिलेरी सेल्स र बमहरु रहेको जनाइएको छ।
इजरायलले गाँजामा बालबालिका र महिलासहित निर्दोष जनताको हत्या हुने गरि भइरहेको नरसंहारमा अमेरिकाले पहिलादेखि नै सहयोग गरिरहेको छ। अमेरिकालाई सहयोग रोक्न दबाब बढे पनि इजरायललाई आफ्नो नागरिकको सुरक्षा गर्ने अधिकार रहेको भन्दै सहयोग बाइडेन प्रशासनले सहयोग बढाउँदै लगेको छ।
अब ट्रम्प ह्वाइट हाउस आएपछि उनले इजरायलबारे कस्तो नीति लेलान्। त्यो चासोको विषय रहने भूराजनीतिक जानकारहरु बताउँछन्।
२०८१ पुष २४
ताजा नेपाल
२०८१ पुष २४
ताजा नेपाल
२०८१ पुष २४
ताजा नेपाल