Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । झापामा शनिबार बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। दुर्घटनामा चालकसहित कूल २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले नेपालखबरलाई जानकारी दिए। काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको रात्रिबस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधे मिलनचोकमा पल्टिएको हो। प्रहरीका अनुसार दुर्घटनामा बसका चालक झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिले बस्ने वर्ष ३८ का महेन्द्र कन्दङवा, अर्का चालक ओखलढुङगा मोलुङ गाउँपालिका–८ बस्ने वर्ष ३२ का दिलकुमार राई दुवै घाइते भएका छन्। बाँकी २१ घाइतेमा १४ जना शिक्षक रहेको प्रहरीले जनाएको छ। केही सामान्य घाइते भएका छन् भने केही गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका लागि बी एन्ड सी र बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।
२०८२ बैशाख १३
ताजा नेपाल
२०८२ बैशाख १३
ताजा नेपाल
२०८२ बैशाख १२
ताजा नेपाल