Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारत–पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव फेरि बढेको छ। जसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चिन्तित भएका छन्। ट्रम्पले भनेका छन्, ‘म भारतसँग धेरै नजिक छु र म पाकिस्तानसँग पनि धेरै नजिक छु। उनीहरू हजारौँ वर्षदेखि कश्मीरका लागि लडिरहेका छन्। कश्मीर मुद्दा हजारौँ वर्षदेखि चलिरहेको छ र सायद त्योभन्दा पनि लामो समयदेखि। उनले अगाडि भनेका छन्, ‘पहलगाममा एउटा नराम्रो आक्रमण आतंकवादी हमला भएको थियो र त्यो सीमामा १५०० वर्षदेखि तनाव छ। यो त्यस्तै छ, तर मलाई विश्वास छ( उनीहरूले यसलाई कुनै न कुनै रूपमा समाधान गर्नेछन्। म दुवै नेताहरूलाई चिन्छु। पाकिस्तान र भारतबीच धेरै तनाव छ। यसअघि संयुक्त राष्ट्र संघले समेत चिन्ता व्यक्त गर्दै भारत र पाकिस्तान दुवैलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएसँगै भारत विभाजित भयो। भारत र पाकिस्तान बन्यो। त्यसबेलादेखि नै दुई देशबीच कश्मीरका विषयमा विवाद छ। पहलगाममा यही अप्रिल २२ का दिन आतंककारीले एक नेपालीसमेत २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीचको विवाद थप चर्किएको छ। उनीहरूले एकअर्काविरुद्ध कूटनीतिक कारबाही घोषणा गरेका छन्।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल