Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमालयन बैंकले खोल्यो सुकेधारामा शाखा

काठमाडौं। हिमालयन बैंक लिमिटेडले काठमाडौंको सुकेधारामा शाखा खोलेको छ । बैंकको यो ५९औं शाखा कार्यालय हो । शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गरेका छन् । उद्घाटन अवशरमा श्रेष्ठले समृद्धिका लागि साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए । चैतसम्म बैंकले एक खर्ब १२ अर्ब २६ करोड रुपैयाँ निक्षेप र ९८ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।