Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन गरिनुपर्ने बताएका छन्। ट्रम्पले सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै वर्तमान सरकारले इरानलाई महान् बनाउन नसक्ने बताएका हुन्। उनले लेखेका छन्, सत्ता परिवर्तनको कुरा राजनीतिक रूपमा ठिक मानिँदैन। तर वर्तमान इरानी सरकारले इरानलाई फेरि महान् बनाउन सक्षम छैन भने किन सत्ता परिवर्तन नगर्ने ? इरानलाई फेरि महान् बनाउनुहोस्। यद्यपि आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका रक्षामन्त्री पिट हेगसेथले इरानका आणविक अड्डाहरूमा गरिएको आक्रमण शक्ति परिवर्तनको लागि नभएको बताएका थिए। उनले भनेका थिए, ‘यो मिसन शक्ति परिवर्तनका लागि होइन। न त अहिले त्यस्तो कुनै नै उद्देश्य छ। उता अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार एबीसी न्युजसँग भनेका थिए, ‘सबैभन्दा पहिले हामी शक्ति परिवर्तन चाहँदैनौँ। केवल हामी इरानको आणविक कार्यक्रम समाप्त गर्न चाहन्छौँ। अमेरिकाले शनिबार राति इरानका तीन आणविक अड्डा फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको थियो। तर इरानले यसबाट कुनै ठूलो क्षति नभएको दाबी गरेको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल