Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेतृत्वमा पुगेर जिम्मेवारी लिएपछि आफ्नो कार्यक्षेत्र अनुसारका योजना बनाउने र उपाय खोज्ने काम त्यसले गर्छ जो भोलि नेतृत्वमा पुग्ने अभिलासा राख्छ । तर फौजी समूहमा संगठनको वरियता र जेष्ठता गहन हुन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा त्यो देखिन्छ । सरकारको निर्णयमा अर्ध सैनिक बल सशस्त्रले एआईजीको एक पदमा डिआईजीबाट गणेश ठाडा मगरलाई बढुवा गर्दा एआईजी ठाडाले संगठनको सीमा विभागको जिम्मेवारी लिएका छन् । उनी त्यो विभागमा आएपछि सरकारले सशस्त्रलाई दिएको सीमा सम्बन्धी समस्यामा केन्द्रीत हुँदै नापी नक्साका विज्ञहरूसँगको परामर्श गरेका छन् । आफ्नो तहबाट सशस्त्रले आफ्ना कर्मचारीलाई राज्यले दिएको अधिकार क्षेत्रका आधारमा दीर्घकालिन सहयोग गर्ने आधारको खोजी गरेको छ । सशस्त्रले विपत व्यवस्थापनको जिम्मेवारुी लिँदा प्रयोग गर्ने जनशक्ति समक्ष बनाउन आवश्यक तालिम दिने गर्दछ । सीमामा हुने तस्करी नियन्त्रण त उसको कार्यक्षेत्रमै पर्छ । कतिपय बेला घरायसी प्रयोजनका सामान पनि सशस्त्रले भन्सार नाकामा जफत गर्छ । ड्युटीमा खटिनेको बुझाईमा भर पर्ने व्यवहारिक विषयमा आफ्नालाई बुझाउने दायित्व कमाण्डरको हुन्छ तर आरोप सिंगो संगठनले सहेको छ । कमाण्डरहरू सबै एकै नासका हुँदैनन् । सीमा विभागबाट दिइने निर्देशनमा चाल्ने कदमले सीमा क्षेत्रका गरिबका गाँस काट्न हुँदैन । तर संगठित तस्करी नियन्त्रण गर्दा धनुषामा ६ जना सशस्त्र प्रहरी नै तस्करहरूको आक्रमणमा परेका छन् । सह प्रवक्ता शैलेश थापाकाअनुसार विदेह नगरपालिका २ गोदाबरी इलाकामा तस्कर समूहले सशस्त्रमाथि आक्रमण गरेको हो । सशस्त्र प्रहरी ८ नं. गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरको टोलीलाई घरेलु हतियारसहितको सयौंको संख्याको तस्करहरूको समूहले आक्रमण गरेको हो । त्यहाँ १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई आक्रमण भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख नरहरि रेग्मीको कमाण्डमा गएको प्रहरीको टोली थप भएपछि तस्कर समू्ह तितरबितर भएको स्थानीयहरू बताउँछन् ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा कसिलो बन्दै जाँदा तस्करहरू आक्रामक बन्छन् । नेपाल भारत दुवै तिरका तस्करको समूह गोदावही इलाकामा पनि बलियो देखियो । १ हजार ८ सय ८० किलो मिटरको नेपाल भारत सीमा सुरक्षा सशस्त्रको कार्यक्षेत्रभित्र पर्छ । पश्चिम क्षेत्रका कैलाली, कञ्चनपुुर भन्दा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही, नवलपरासी क्षेत्र विवादित छन् । मधेश प्रदेशका धनुषा, बारा, पर्सा, रौतहट, सिराहा, महोत्तरीका नाका बारम्बार तस्कर समूहको नजरमा पर्छन् । कोशीको झापा, सुनसरी, विराटनगरका नाका पनि तस्करीका सामग्री ल्याउने लैजाने क्षेत्र हुन् । सिराहाको कोचनावारीमा २०८१ मंसिरमा मदिरा तस्करी हुँदा सई लक्ष्मणप्रसाद यादवको तस्करकै गाडीको ठक्करले ज्यान गयो । त्यही वर्षको कात्तिकमा चिनी तस्करहरूले रूपन्देहीमा स्थानीयलाई अगाडि राखेर सशस्त्र र राजश्व अनुसन्धन टोलीमाथि प्रहार गरेका कारण सशस्त्रको ना. १ झ १४७७ नम्बरको गाडी क्षति भएको हो । सशस्त्रको सीमा क्षेत्रको गस्तीका कारण राजश्व मार्ने समूह आक्रोशित हुनु नौलो होइन । तर सरकारले त्यो क्षेत्रको भौतिक पूर्वाधार र आवश्यकता अनुसारको उपकरणको व्यवस्थापन गरेको देखिँदैन । काम खोज्ने आवश्यकता पूर्ति नगर्ने सरकारी चरित्र छ । त्यो नेतृत्वले बुझेको छ । एआईजी ठाडाले आफ्नो कार्यकालमा गर्ने संस्थागत सुधारमा डिउटीमा खटिँदा ज्यान गुमाउन बाध्य सशस्त्रका कर्मचारीको परिवारको हितमा राज्यले आफ्नै कमजोरीले ज्यान लिएका परिवारका सदस्यहरूलाई रु १० लाख दिएर टारे जस्तो हुन नदिने उपायको खोजी गर्न जरुरी छ । संगठनको संस्थागत संरचनामा टीमको भावना मिल्छ । आईजीपी राजु अर्याल, एआईजी नारायणदत्त पौडेल, वंशी दाहालको टिमले पनि सीमाको नेतृत्व गरेकै हो । सीमाका समस्या र प्राविधिक कष्टका भुक्तभोगीहरू संगठनमा रहँदा संरचनागत सुधारको अपेक्षा जवानहरूले मात्र होइन जनताले पनि गर्छन् । त्यही कारण आफ्नो जिम्मेवारी र कार्यक्षेत्र सबल बनाउनकै लागि संगठनात्मक एकता सशस्त्रको आवश्यकता पुष्टि भइसकेको छ । सीमा सुरक्षालाई बलियो बनाउन सशस्त्रको नेतृत्व र राज्य तहबाट राजनीतिक दलहरूले गम्भीरता देखाउनै पर्ने हुन्छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल