Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एयर इन्डिया विमान दुर्घटनाअघि पाइलटको सोधे– किन कटअफ गर्‍यौ ?

एजेन्सी । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही क्षणमै भयानक दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले एक डरलाग्दो तथ्य उजागर गरेको छ। दुर्घटनाको मुख्य कारण उडानकै क्रममा इन्जिनमा इन्धन आपूर्ति अचानक बन्द गरिनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो एएआईबीको रिपोर्टमा उल्लेख छ। लण्डनका लागि उडेको यो बोइङ ७८७ रनवेबाट माथि उठेको केहीबेरमै, जब विमानले १८० नटको गति लिएको थियो, तब ककपिटभित्र रहेका इन्धन नियन्त्रण स्विचहरू ‘रन’ अवस्थाबाट ‘कटअफ’ मा सारिएको पाइयो। ब्ल्याक बक्सबाट प्राप्त ४९ घण्टा उडान डेटा र २ घण्टाको ककपिट अडियोले यसलाई पुष्टि गरेको छ। दुवै इन्जिनका इन्धन स्विचहरू एक सेकेन्डको अन्तरमा बन्द गरिएको थियो। झनै रहस्यमय कुरा त ककपिट अडियोमा कैद भएको संवाद हो। रिपोर्टअनुसार, इन्धन आपूर्ति रोकिएपछि एक पाइलटले अर्कोलाई सोधे, ‘किन कटअफ गर्यौ ?’ जसको जवाफमा उसले भन्यो, ‘मैले होइन।’ प्रतिवेदनमा उल्लेख भएअनुसार, त्यसपछि ती स्विचहरूलाई पुनः सामान्य स्थितिमा फर्काइएको थियो र इन्जिन फेरि स्टार्ट हुने प्रयास भइरहेको थियो, तर दुर्भाग्यवश विमान जमिनमा खस्यो। उल्लेखनीय छ, बोइङ ७८७ मा इन्धन नियन्त्रण स्विचहरू दुई पाइलटको सिट बीचमा, थ्रोटल नजिकै रणनीतिक रूपमा राखिएका हुन्छन् र तिनीहरूलाई गल्तीले बन्द हुन नदिने विशेष सुरक्षा प्रणाली पनि जडान गरिएको हुन्छ। यो भयानक दुर्घटनामा जमिनमा रहेका मानिससहित गरेर कम्तीमा २६० जनाको ज्यान गएको थियो। विमानमा सवार यात्रुमध्ये केवल एक जना मात्र जीवित रहन सफल भएका थिए। हाल सार्वजनिक गरिएको यो प्रारम्भिक प्रतिवेदन मात्र हो। दुर्घटना कसरी र किन भयो भन्नेबारेको पूर्ण र अन्तिम निष्कर्ष विस्तृत अनुसन्धान सम्पन्न भएपछि मात्र बाहिर आउनेछ। यो अनुसन्धान प्रतिवेदन सीएनएनमा उल्लेख भएको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल