Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री गुप्तालाई हटाउने तयारी

काठमाडौं । घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । स्रोतले भन्यो, यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिनुहुनेछ । संलग्न विभिन्न व्यक्तिका नाम पनि आइरहेका छन् । राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनिनेछ । नभए बर्खास्त नै हुनेछ । उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल