Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै राप्रपाले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुनस् र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।
अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई बुझाईएको ज्ञापनपत्रमा केन्द्र, प्रदेश, स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा देखिएको राप्रपाले उल्लेख गरेको छ ।
अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ, ज्ञापनमा भनिएको छ ।
सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेल लगायतका ठूला भ्रष्टाचारका काण्डहरुमा राजीनतिक नेतृत्वको छानबिनको दायरा पर्नुले आयोगको निष्पक्षता र प्रभावकारिताको भन्दै अख्तियारमाथि नै राप्रपाले प्रश्न उठाएको छ ।
भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने मान्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीको दृढ विश्वास छ र हामी सधैं भ्रष्टाचार र भ्रष्टचारजन्य क्रियाकलापको विरुद्धमा छौं, ज्ञापनमा भनिएको छ ।
पछिल्ला नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीको अप्रत्यासित मूल्यवृद्धि तथा हालैका भिजिट भिसा र मन्त्रीहरुको अडियो प्रकरण विश्व समुृदायमा बदनाम गर्ने प्रतिनिधि घटना भएका राप्रपाको ठहर छ ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल, चाइनिज विमान खरिद काण्ड, खर्बौं कृषि अनुदानको दुरुपयोग लगायतका प्रकरणमा अनुसन्धान तथा कारबाहीमा ढिलासुस्ती भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको राप्रपाले जनाएको छ ।
।।नयाँ पुराना लगायत सबै भ्रष्टाचार काण्डहरुमाथि पुनस् व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्दछ, अख्तियारलाई राप्रपाले शुक्रबार बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल