Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उद्योगीसँग सँग प्रचण्डले भने, समृद्धिका लागि नीतिगत सुधार आवश्यक

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारसँगै समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। आज नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँग आफ्नै निवास खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन्। त्यसक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए। मुलुकको आर्थिक विकासका लागि राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिनेगरि नीतिगत सुधार गर्नुपर्छ, प्रचण्डले भने, निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। उनले राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी रहेको पनि बताए। नेपाल उद्योग परिसंघका पदाधिकारीले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्ययुक्त वातावरणको स्मरण गरेका थिए।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल