Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडां । भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ। मध्यपुर ठिमी नगरपालिका ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका ८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल हुन्। उनीहरू सहोदर दिदीबहिनी भएका प्रहरीले जनाएको छ। बिहीबार बिहान पौने सातबजेतिर स्थानीय चक्रधर प्रजापतिको इँट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनीहरू केही सयमदेखि त्यो घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ। डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो, डीएसपी न्यौपानेले भने, अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप अनुसन्धानको काम हुँदैछ। दिदी बहिनीले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। तर, त्यसको कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल