Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सन् १९७० मा ब्राजिलले फिफा विश्वकप जितेपछि ब्राजिलियन फुटवल स्टार पेलेले निकै चर्चा कमाए । उनलाई देशको प्रसिद्ध अल्कोहल कम्पनीले बिज्ञापनमा मोडलिङ गर्न आग्रह गर्दै यथेस्ट पैसा दिने अफर ग¥यो । तर अल्कोहलजनिक पदार्थले जनताको स्वास्थ्यमा असर पु¥याउने भएकाले सो अफर स्वीकार गरेनन् । यसले उनको उचाई झन् बढायो । तर सो अल्कोहल कम्पनीले नियमितरुपमा देशलाई ठिक समयमा राम्रो राजश्व तिरेको थियो । महान फुटवलर पेलेले सो विज्ञापनमा मोडलिङ गर्न स्वीकार गरेको भए अल्कोहल कम्पनीको व्यापार बढ्ने पक्का थियो । सोही अनुसार राष्ट्रको राजश्वमा बृद्धि हुने कुरामा दुई मत थिएन । तर पेलेले जनताको स्वास्थ्य जस्तो ठूलो अरु केही होइन भन्दै सो कम्पनीको अफर स्वीकार गरेनन् । तर नेपालमा संचार, सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीशुब्बा गुरुङले वर्षौदेखि अर्बौं राजश्व नबुझाएको विवादस्पद कम्पनी एनसेलको अघोषित ब्रान्ड एम्वास्टरको भूमिकामा देखिएका छन् । निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले सरकारलाई तिर्नु पर्ने २० अर्ब नवीकरण शुल्क नतिर्दा लाइसेन्स रद्द हुने अवस्थामा पुगेको थियो । सरकारले एनसेल कम्पनीलाई तिर्नु पर्ने रकम बुझाउन पटक पटक आग्रह गर्दा एनसेलले एकै पटकमा बुझाउन नसक्ने र किस्ताबन्दीमा तिर्ने प्रस्ताव गरेको थियो ।
सो कम्पनीले एक पटकमा चार अर्व बुझाएर बाँकी रकम किस्ताबन्दीमा बुझाउने सुविधा मागेको थियो । तर दुरसंचार प्राधिकरणले किस्ताबन्दीको आँफूले दिन नमिल्ने भन्दै यसको निर्णय मन्त्री परिषदले गर्नु पर्ने बताएको थियो । प्रचण्ड सरकारले एनसेललाई किस्ताबन्दीमा नवीकरण गर्ने छुट दिँदा या बिलम्ब शुल्क र ब्याज नलिने निर्णय गरेमा राज्यलाई १३ अर्ब राजश्व घाटा लाग्ने भन्दै नवीकरणको शुल्क अशुल्न ताकेता लगाएको थियो ।
के पी शर्मा ओलीको सरकारकासंचार, सूचना तथा प्रविधि मन्त्री एवं सरकार प्रवक्ताको जिम्मेवारी सम्हालेका पृथ्वी शुब्बा गुरुङको साथ पाएपछि एनसेलले कानुन संगत रुपमा नेपाल सरकारलाई बुझाउनु पर्ने २० अर्ब रुपियाँ एकै पटकमा बुझाउन परेन । एनसेलले भने अनुसार नै मन्त्री परिषदको निर्णय गराएर विवादस्पद कम्पनीको नवीकरण गराइयो । यसबाट सरकारका प्रवक्ता समेत रहेका गुरुङलाई केही लाभ मिल्यो होला तर राष्ट्रले १३ अर्ब भन्दा बढी नोक्सानी ब्योहोर्नु प¥यो । २०८६ सालपछि राज्यको स्वामित्वमा आउने खर्बौंको सम्पत्तिको भविष्य समेत अन्योलमा परेको छ । संचार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गुरुङले दीर्घकालिनरुपमा छाप छोड्ने काम गर्लान् भन्ने थियो । तर सोचेको उल्टो भयो । गुरुङले ओली सरकारको नालायक मन्त्रीमा मात्र आफूलाई सिमित राखेनन् । राज्यलाई अर्बौं नोक्सान बनाएको विवादिन कम्पनी एनसेलको दूतको रुपमा देखिन थाले । संचार मन्त्री भएको दुई महिनासम्म त नयाँ केही गर्छु र मेरो काम गराइबाट प्रधानमन्त्री पनि सन्तुष्ट भएको बताउँथे । उनको दाबीलाई पत्याउने हो भने संचार, सूचना तथा प्रविधि मन्त्रालयको कार्य सम्पादन निकै अब्बल थियो ।
उनको काम गराइबाट प्रधानमन्त्री के पी शर्मा ओली निकै सन्तुष्ट थिए । कुनै कार्यक्रममा सहभागी भएको बेला अनौपचारिक कुराकानी गर्दा उनले यसो भन्न भ्याइहाल्थे । सर्बसाधारण जनतालाई होकी त जस्तो पनि हुन्थ्यो । तर वास्तविकता त्यस्तो थिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत व्यवस्थापन महाशाखाले केही समय अगाडि सार्वजानिक गरेको प्रतिवेदन अनुसार गुरुङले सम्हाल्दै आएको मन्त्रालयको कार्यसम्पादन निकै कमजोर थियो । महाशाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को पहिलो छ महिनाको अर्ध वार्षिक प्रतिबदेनमा १२ मन्त्रालयले न्यूनतम ३५ प्रतिशत पनि काम गर्न नसकेको उल्लेखछ । जसमा गुरुङले सम्हाल्दै आएको संचार मन्त्रालयले १८.१५ अंक प्राप्त गरेको थियो । जुन २१ वटा मन्त्रालयमा १८ औं र पछाडिबाट गणना गर्दा चौथो नम्वरमा पर्छ । यो प्रतिवेदन सार्वजनिक भएपछि गुरुङको कार्यसम्पादनलाई सर्वसाधारण जनताले राम्ररी बुझ्ने मौका पाए । त्यसपछि स्वघोषित अब्बल मन्त्री भन्ने गुरुङको मुखमा खोयाको बिर्को नै लाग्यो ।
यस प्रतिवेदन सार्वजानिक भएसँगै उनी निरिह बन्दै गए । पछिल्लो समयमा त उनी विवादस्पद कम्पनी एनसेलको दूतको भूमिकामा देखिन थाले । अचेल त एनसेलले प्रायोजन गरेको कार्यक्रमलाई उनले उच्च प्राथमिकतामा राखेका छन् । कार्यक्रम जहाँ, जस्तो र जति टाढा भएपनि गुरुङ अतिथिका रुपमा पुगिहाल्छन् । एनसेल कम्पनीले प्रायोजन नगरेको कार्यक्रममा प्रमुख अतिथि हुने पक्का गरेपनि अन्तिममा अनेक बाहाना बनाएर अनुपस्थित हुने गरेको पाइएको छ । प्रसङ्ग नेपाल २०८१ अशोज ४ र ५ गते दोस्रो राष्ट्रिय चलचित्र सभा (कन्फरेन्स) को प्रमुख अतिथिको लागि संचारमन्त्री गुरुङलाई बोलाइएको थियो । उनले आउने पक्का गरेर कार्यक्रम आयोजक संस्थाले निम्ता कार्ड छापेर चलचित्र क्षेत्रसँग सम्वन्धित महानुभावहरूलाई निमन्त्रणा गरेको थियो । प्रमुख अतिथि संचार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी शुब्बा गुरुङ लेखेको केही फ्ल्याक्स बोडपनि प्रकाशन गरेको थियो । तर उनी कार्यक्रम उद्घाटन हुनु भन्दा केही समय अगाडि आयोजकलाई फोन गरेर आफू कार्यक्रममा आउन नभ्याउने जानकारी गराएका थिए ।
त्यसैगरी गत मंसिर महिनाको तेस्रो साता सम्पन्न भएको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलको समापन समारोहमा पनि उनले यस्तै हर्कत देखाए । अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिवलमा आयोजक संस्थाले अवार्ड वितरण कार्यक्रमको प्रमुख अतिथि संचार मन्त्री भनेर पत्राचार एवं प्रचार गरेको थियो । तर उनी यसमा पनि सहभागी भएनन् । उनको अनुपस्थितीमा पाल्पाबाट निर्वाचित सांसद ठाकुर बेल्बासेलाई सो कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो । चलचित्र पत्रकार संघ नेपालले २०८१ फागुन ९ देखि ११ सम्म उनकै गृह जिल्लामा पर्ने घलेगाउँमा सिनेमा सम्वाद कार्यक्रम आयोजना गरेको थियो । उनलाई समापन समारोहको प्रमुख अतिथिको पक्का गरेर विभिन्न किसिमका पोस्टर र निम्तो कार्ड प्रकाशन गरिएको थियो । संचार मन्त्री आउने भनेर व्यापक प्रचारप्रसार गरिएको थियो । तर अन्तिममा उनी कार्यक्रममा सहभागी भएनन् । आयोजकलाई कार्यक्रममा सहभागी हुन नभ्याउने जानकारी गराए ।

अब प्रश्न उठ्छ, किन उनले यी कार्यक्रममा प्रमुख अतिथि हुने बचन दिए ? आयोजकले उनको फोटो सहितको व्यानर र कार्ड छपाएको कार्यक्रममा उनी अन्तिममा सहभागी भएनन् ? यसको सोझो उत्तर हो, यी कुनै पनि कुनै पनि कार्यक्रमलाई विवादस्पद एनसेल कम्पनीले प्रायोजन गरेको थिएन । उनलाई नजिकबाट चिन्ने एक प्रवुद्ध व्यक्ति भन्छन्, ‘एनसेलले यी कार्यक्रमलाई धेरथोर सहयोग गरेको भए मन्त्रीज्यू टाउकाले टेकेर कार्यक्रममा पुग्नु हुन्थ्यो । तर एनसेलले प्रायोजन पनि गरेन, मन्त्रीज्यू पनि कार्यक्रममा सहभागी हुनु भएन ।’ उनकै गृह जिल्ला लमजुङका प्रसिद्ध लेखक तथा राजनीतिक बिश्लेषक सोमत घिमिरेको सामुदायिक समाजबाद नामक पुस्तक बिमोचनको प्रसङ्ग पनि रमाइलो छ । २०८१ कात्तिक ३० गते भएको सो कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), संचार मन्त्री गुरुङ, काँग्रेस नेता चन्द्र भण्डारी, नेकपा एसकी नेतृ रामकुमारी झाँक्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारलाई अतिथि एवं वक्ताको रुपमा निम्त्याइएको थियो । सबैले आउने पक्का गरेपछि वक्ता एवं अतिथिको फोटो राखेर पोस्टर, निम्ता कार्ड र ब्यानर पनि तयार भयो । संचार मन्त्री गुरुङबाहेक अन्य अतिथि सबै पुस्तक बिमोचन कार्यक्रममा सहभागी भएका थिए । यतिबेला पनि गुरुङले अन्तिम समयमा कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराए ।
यस कार्यक्रमलाई पनि एनसेलले प्रायोजन गरेको थिएन । कार्यक्रममा सहभागी एक महानुभाव ठट्टा गर्दै थिए, ‘एनसेलले प्रायोजन नगरे पनि यसो एनसेलको ब्यानर झुन्डाइदिएको भए गुरुङजी आउनु हुन्थ्यो होला ।’ यी भए मन्त्री गुरुङले भरपक्का गरेर अन्तिम समयमा अनुपस्थित भएका केही कार्यक्रमहरू । जसमा एनसेलले प्रायोजन गरेको थिएन र उनले पनि सहभागिता जनाएनन् । एनसेलले प्रायोजन गरेका टाढाका कार्यक्रममा मन्त्री गुरुङ दिनरात नभनीकन हुर्रिएर पुग्छन् । २०८१ फागुन १५ देखि १८ गतेसम्म भएको पोखरामा भएको नेपाल लिटरेचर फेस्टिवललाई उनले पर्याप्त समय दिए । काठमाडौंमा भएका कार्यक्रममा ३० मिनेट समय निकाल्न नसक्ने मन्त्री गुरुङ लिटरेचर फेस्टिवलमा २ दिनको समय निकालेर पोखरा कसरी पुगे ? उत्तर सोझो छ, त्यस कार्यक्रमको प्रमुख प्रायोजक एनसेल फाउन्डेसन थियो ।
लिटरेचर फेस्टिवलको नाम नै एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिवल राखिएको थियो । कार्यक्रममा उनले सहभागीता मात्र जनाएनन्, साना केटाकेटीदेखि युवा र वयस्क नागरिकहरूसँग एनसेलको व्यानरमा फोटो सेसन समेत गर्न भ्याए । केही महिना अगाडि १२ खरी मिडियाले आयोजना गरेको गल्फ खेल प्रतियोगितामा अतिथि बनेर पोखरा पुगे । यसको प्रायोजक पनि एनसेल नै थियो । एनसेलको लोगो, व्यानर क्लियर आउने गरी उनले गल्फ हान्दै गरेको फोटो निकै भाइरल बनेको थियो । केही महिना अगाडि पोखरामै सम्पन्न भएको एक साङ्गितिक (सांस्कृतिक) कार्यक्रम पनि उनले छुटाएनन् । लोक गायक नारायण रायमाझी, हरिदेबी कोइराला लगायतका दर्जनौ कलाकार उपस्थित भएका थिए ।
यसको प्रायोजन पनि एनसेलले नै गरेको थियो । घलेगाउँमा२०८१ फागुन १५ देखि १८ गते भएको सिनेमा सम्बादमा जान नभ्याएका मन्त्री गुरुङ २०८२ वैशाख १ गते घलेगाउँ महोत्सवको प्रमुख अतिथि बनेर पुगे । साथमा एनसेलका प्रवन्धकलाई समेत लिएर गएका थिए । गुरुङले त्यसबेला लमजुङ सदरमुकाम बेसीशहरमा भएको साङ्गितीक कार्यक्रम, घलेगाउँ महोत्सव र त्यस आसपासका अन्य ठाउँमा भएका कार्यक्रममा पनि एनसेलका प्रवन्धकलाई अतिथि बनाएर कार्यक्रमहरूमा आँफूसँगै सहभागी गराए । यी सबै कार्यक्रमलाई एनसेलले प्रायोजन समेत गरेको थियो । लमजुङको बेसीशहर नगरपालिकामा रहेको मानव सेवा आश्रमलाई एनसेलले १० लाख सयोग उपलब्ध गराएको थियो । त्यहाँ पनि उनी आँफै पुगेका थिए । यस्ता धेरै कार्यक्रमहरू छन्, एनसेलले प्रायोजन गरेको र एनसेलका दूत पिएस कामरेड अतिथि बनेर रातो रिबन काटेको । आदारणीय पाठकबृन्द ! संचार मन्त्री गुरुङकै मन्त्रालयको मातहतमा रहेको रहेको हुलाक कार्यालयहरू अहिले विगतमा जस्तो प्रभावकारी छैनन् । देशमा इमेल, इन्टरनेटको विकास भएपछि हुलाकको प्रभाव कम हुँदै गएको हो । २०५० को दशकसम्म हुलाक निकै प्रभावकारी थियो । चाँडो गरी चिठी पठाउनु गरेमा रजिस्टर्ड गरेर पठाउने गरिन्थ्यो । यो कुरा अहिले स्कुल पढ्दै गरेको नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ ।
त्यसबेला हुलाकमा कार्यरत हल्कारा पदका कर्मचारीहरूले रजिस्टर्ड गरेर पठाएको चिठी घरघरमा पु¥याउने गर्थे । गाउँघरमा हल्कारालाई भेटियो भने कसैको चिठी आएछ भन्ने अनुमान गरिन्थ्यो । कसैले त हल्कारालाई कसको चिठी आयो भनेर सोध्थे पनि । हुलाकको कामको प्रभावकारीता घट्न थालेपछि हल्काराहरू गाउँमा भेटिन छाडेका छन् । हुलाकका हल्काराहरू निस्क्रिय भएकाले होला, संचार, सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकार प्रवक्ता पृथ्वी शुब्बा गुरुङ एनसेल जस्तो खर्बौं रुपियाँको कारोबार गर्ने निजी कम्पनीको दूतको भूमिकामा देखिन थालेका छन् । उनी कार्यक्रममा सहभागी हुन कुनै जिल्ला या गाउँमा पुग्दा जो कसैले पनि अनुमान लगाउँछन्, ‘संचार मन्त्रीज्यू आउनु भएको छ । यो कार्यक्रमलाई पनि एनसेलले प्रायोजन गरेको होला ।’ यसलाई नकारात्मक रुपमा पनि लिनु हुन्न ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल