Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतको दिल्ली विमानस्थलबाट पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो। दलाललाई मोटो रकम बुझाएर उनीहरू भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नो अब्जेक्सन सर्टिफिकेट एनओसी बिना कुवेत जान लागेका ती महिलालाई दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा नियन्त्रणमा लिइएको हो। उनीहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइएको थियो, प्रजिअ घिमिरेले भने, उनीहररुलाई गएराति १ बजे रुपन्देहीबाट गाडीमा काठमाडौँ पठाएका छौँ। दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले ती महिलालाई सुनौली नाका हुँदै रुपन्देही ल्याएका थिए। यसैबिच गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलामाथि कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। उनले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका गृह मन्त्रालयले स्रोतले जनाएको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल