Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विचौलिया लामालाई मन्त्री गुरुङको संरक्षण !

लमजुङ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेपछि यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्न थालेको छ । यस घोषणाले छोटो समयमा मुख्यमन्त्री पाण्डेको लोकप्रियता पनि ह्वात्तै बढेको पाइन्छ । करिब तीन वर्ष मुख्यमन्त्री भएर पर्यटन विकासमा देखिने गरी काम गर्न नसकेका सूचना प्रविध मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको यतिबेला पोखराको साख गिराउने काममा तल्लिन भएका छन् । डन न्यूजले उल्लेख गरे अनुसार उनको संरक्षकत्वमा पोखरामा भ्रष्टाचार, ठगी र विचौलियाको कालो साम्राज्य मौलाउन थालेको छ । यो क्रम दिन दोगुना रात चौगुना फस्टाएको छ ।

 

पर्यटनको राजधानी घोषणा भएपछि पोखरा संसारभर सुन्दर शान्त गन्तव्य भनेर चिनियो । यहाँ घुम्न आउने पर्यटकको चाप पनि बढ्न थालेको एक्यापको आँकडाले देखाउँछ । संचारमन्त्री एवं सरकारका प्रवक्ता गुरुङको संरक्षणमा यस सुन्दर ठाउँका अर्बौं मुल्य पर्ने सरकारी जग्गा हडप्ने, सहकारी ठग्ने, विद्यालयको रकम लुट्ने, सबैठाउँमा महिनावारी उठाउने र विकास निर्माणको योजनाबाट कमिसन उठाउने काम पनि सोही अनुसार मौलाउँदै गएकाले गण्डकी प्रदेशकै छवि विस्तारै धुमिल हुँदै गएको पोखराका पर्यटन व्यवसायीहरू बताउँछन् । यस कार्यले पोखराको सुशासन र नैतिकताको धज्जी समेत उडाएको छ । यतिबेलाको चर्चित पोखराको लिची बगैंचा कान्डमा पनि मन्त्री गुरुङको नाम जोडिएको छ । यस कान्डका मुख्य नाइके भनेर चिनिएका बिचौलिया सुजन लामालाई उनै गुरुङले संरक्षण दिएका छन् ।

 

मन्त्री गुरुङकै संरक्षकत्वमा लामाले लिची बगैंचा व्यक्तिको नाममा नामसारी गराउने र विभिन्न ठाउँका जग्गा छुट दर्ता गरिदिने भन्दै करोडौं रकम असुली गरेको पाइएको छ । बिचौलिया लामा मन्त्री गुरुङका गृह जिल्ला लमजुङमा जन्मेर पोखराको हेम्जामा हुर्केका हुन् । लामा एक त मन्त्री गुरुङको जिल्लाबासी अर्कोतिर एमालेको अखिलको राजनीतिबाट एमालेका नेताहरूसँग नजिकिएका हुन् । मन्त्री गुरुङ र बिचौलिया लामाको सम्वन्ध काका भजितको जस्तो सुमधुर भएको लमजुङका एक एमाले नेताले बताए । मन्त्री गुरुङको संरक्षण पाएपछि लामाले मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग सेटिङ गरेर विभिन्न ठाउँको छुट जग्गा दर्ता गराइदिने भन्दै करोडौं उठाएका थिए । ४० वर्ष पुरानो फैसलाअनुसार पोखरा–१६ अमरदीपमा रहेको करिब १३५ रोपनीभन्दा धेरै जग्गा विभिन्न व्यक्तिको नाममा ल्याइदिने भन्दै विभिन्न व्यक्तिहरूसँग पैसा उठाएको गुनासो पीडितको छ ।

 

पोखराका विभिन्न ठाउँका जग्गा मालपोत प्रमुख अधिकारीसँग मिलेर छुट दर्ता गराइदिने भन्दै लामाले करोडौं रुपैयाँ असुलेको समाचार विभिन्न मिडियामा आइरहेका छन् । पोखराको लिची बगैंचासँगै रहेको जग्गा छुट दर्ता गराइदिने भन्दै तामाङ थरका एक जनाबाट मात्रै लामाले ११ करोड रुपैपाँ लिएको अनलाइन खवर डट कमले उल्लेख गरेको छ । अर्की एक महिलाको घरजग्गा नै खाइदिएर उठीबास लगाइदिएका छन् । देउतीमाया गुरुङ नाम गरेकी महिलाको लामाले रामबजारको घर खाइदिएका छन् । अहिले त्यो घर अर्कै व्यक्तिले किनिसकेका छन् । छिनेडाँडातिरको छुट जग्गा दर्ता गराइदिने नाममा घर बैंकमा राखेर पैसा निकालेर लामाले लगेका थिए ।

मालपोत कार्यालय कास्कीका एक अधिकृतका अनुसार २०८१ माघ ११ गते मन्त्रिपरिषद्ले जसको फिल्डबुकमा नाम छ, हकदार स्पष्ट खुलेको, भोगचलन गरिरहेको छुट जग्गा दर्ता गर्ने निर्णय गरेको थियो । यसअघि विभिन्न कारणले दर्तामा छुटेको, मालपोत दस्तुर बुझाइरहेको, भोगचलन सबै यकिन भएका जग्गा दर्ता गर्ने काम अहिले भइरहेको छ । भूमि समस्या समाधान आयोगले समेतले यस्ता जग्गा छुट दर्ता गर्न सक्ने छ । भूमि आयोग कास्कीका पदाधिकारीहरूसँग समेत मिलेर कास्कीका विभिन्न ठाउँका छुट दर्ता गर्ने भन्दै लामाले विभिन्न व्यक्तिहरूबाट पैसा उठाएका हुन् । सुजनका विरुद्ध प्रहरीमा ४ वटा ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तर बिचौलिया लामालाई मन्त्री गुरुङको संरक्षण गरेकाले काम कारवाही अगाडि बढ्न सकेको छैन । त्यसो त गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री भएदेखि नै पोखराका सार्वजानिक जग्गामा गिद्दे नजर लगाएका थिए । गुरुङले बिचौलिया लामाको सिफारिसमा कर्मचारी सरुवा वढुवा गरेर राम्रै नगद आर्जन गरेको कुरा अहिले पनि पोखरामा चर्चा हुने गर्छ ।

 

लिची बगैंचाका पिडित विशालसिंह ठकुरीले ७ लाख ५० हजार रुपैयाँ फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । लामाले धाकधम्की दिएको भन्दै रामबहादुर गुरुङले शान्तिसुरक्षाको माग गरेका थिए । देउतीमाया गुरुङले अर्काकै चेक दिएर ठगी गरेको र घरजग्गा समेत खाइदिएको भन्दै उजुरी दिएको प्रहरीको भनाइ छ । मानसिक तनाव दिएको भन्दै लालबहादुर थापामगरले पनि लामा विरुद्ध ठाडो उजुरी दिएका थिए । छुट जग्गा दर्ता गराउन लामाले मालपोत, नापी कार्यालय प्रमुखदेखि प्रहरी प्रशासनसम्मलाई हातमा लिने भन्दै पैसा उठाउने गरेको पीडितहरूले बताएका छन् । लामाले पोखरा–१६ को अमरदीपमा रहेको करिब १३५ रोपनी जग्गा हडप्न चलखेल सहित राजीनामा दिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वभूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, वर्तमान मन्त्री बलराम अधिकारी समेतलाई प्रभाव पारेको नेताहरू नै बताउँछन् । बिचौलिया लामाले गुप्तासँग गरेको कुराकानीको अडियो नै सार्वजनिक भएको छ भने नागरिक उन्मुक्ति पार्टीकी नेत्री रञ्जिता श्रेष्ठ समेत यो काण्डमा मुछिएकी छन् । उनका गृह जिल्ला लमजुङका जनताको एउटै गुनासो छ, मन्त्रीज्यूको फोन पटक्कै उठ्दैन ।

 

राजनीति बृत्तमा निकै चतुर गुरुङ लोप्रोफाइलमा बसेर खेल्ने खेलाडी हुन् । मन्त्री गुरुङले हत्तपत्त कसैको पनि फोन रिसिभ गर्दैनन् । काला व्यापारी, तस्कर, कालोसूचीमा परेका ठेकेदार, बैंकबाट ऋण निकालेर ठिक समयमा किस्ता नतिर्ने ऋणीहरूसँग उनी फोनमा भन्दा पनि प्रत्यक्ष भेटेर कुराकानी गर्ने गर्छन् । उनी मुख्यमन्त्री भएको बखत यस्तै माफियाहरूसँग व्यस्त भएकाको लमजुङे जनताले उनलाई भेटेर जिल्लाका समस्या अवगत गराउन पनि पाएका थिएनन् । उनका स्वकिय सचिव बिक्रम न्यौपानेले पनि भ्रस्ट र बिचौलियाको फोन मात्र रिसिभ गर्ने र भेटाउने गर्छन् भने अन्य सर्वसाधारण जनताको फोन हत्तपत्त उठाउँदैनन् । पोखराको लिची बगैंचा जग्गा प्रकरणमा सुजन लामाले तीन जना कर्मचारीकै सरुवा गराएका थिए । मालपोत कास्की प्रमुखमा रामचन्द्र अधिकारीलाई नै ल्याएर काम फत्ते गराउने कसरत गरेका थिए ।

 

यसअघि नापी कार्यालयले कित्ता यकिन नगरिदिएको भन्दै लामाले विभिन्न राजनीतिक शक्ति प्रयोग गरेर नापी प्रमुख नरबहादुर चन्द र नापी अधिकृत दिनेश लामिछानेको सरुवा नै गराएका थिए । कास्की मालपोतमा सुरुदेखि नै पूर्व कार्यालय प्रमुख अधिकारी र अहिलेका प्रमुख चिरन्जिवी पौडेलबीच सरुवाका विषयमा टसल समेत परेको थियो । पौडेल सरुवा भएर आएपछि अधिकारी अदालत समेत पुगेका थिए । तर, उनको माग बदर भएपछि उनी सरुवा भएर संचार मन्त्री गुरुङको गृह जिल्ला लमजुङ पुगेका हुन् । अधिकारीले लिचीबोट जग्गा दर्ता नामसारी गर्न आर्थिक लाभ समेत लिएको आरोप छ । अधिकारीलाई पनि मन्त्री गुरुङको साथ रहेको मालपोत कार्यालय स्रोतले बताएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल