Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेसमा हल्का वर्षा भएपछि केही राहात महसुस भएको छ

काठमाडौँ । आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मधेस प्रदेशका ४६ प्रतिशत भूभागकामा हल्कादेखि मध्यम वर्षा भएको छ । चरम खडेरीको कारण खानेपानी र सिँचाइ सङ्कटको सामना गरिरहेको मधेसमा हल्का पानी पर्दा तापक्रम केही घटेको छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्, पर्याप्त पानी पर्न सकेन, हल्का पानीले छारो मेटेको छ । तर यसले मधेसको खानेपानी र सिँचाई संकटलाई कम नगर्ने देखिन्छ । उनले मधेसको जमिन धेरै नै सुकेकोले पानी निरन्तर पर्दा मात्रै संकट हट्ने बताइन् । यद्यपि थोरै भनेपनि मधेसका जनताले गर्मीमा राहत पाएका छन् ।

विभागको पूर्वानुमान अनुसार आज दिउँसो र राती पनि मधेसमा वर्षाको सम्भावना देखिँदैन । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल