Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डप्रति माओवादीमा चुलिँदो असन्तुष्टि

काठमाडौं । कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा पुगेकाहरुले हत्तपत्त ठाउँ नछाड्ने समस्याले नेपालको वापमन्थी आन्दोलन शिथिल बन्दै गएको छ । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उठाएको दुई लाइन संघर्ष चर्किँदै गएको छ। हालसम्म पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक मतभेद अब सामाजिक सञ्जालमार्फत् खुला रुपमा प्रकट हुन थालेको छ। केही दिनअघि उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै चार बुँदे दस्तावेज सार्वजनिक गरेपछि संघर्ष झन् बढेको हो। शर्मापछिपछि प्रचण्डको नेतृत्वको खुलेर आलोचना गर्ने क्रममा नेता एवम् पूर्वपर्यटनमन्त्री सुदन किरातीले पनि नेतृत्वको गम्भीर समीक्षा आवश्यक भएको बताएका थिए। उनलाई पछ्याउँदै बिहीबार माओवादी केन्द्रका नेता एवम् पूर्व आपूर्ति मन्त्री शिवकुमार मण्डलले सामाजिक सञ्जालमार्फत् लामो धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डप्रति तीखा प्रश्न उठाएका छन्। मण्डलले प्रचण्ड नेतृत्वको सरकारको सुशासनप्रतिको प्रतिबद्धता हराउँदै गएको र पार्टीमा माफियाकरण हावी भएको आरोप लगाएका छन्। उनले नेतृत्वमाथि प्रश्न उठाउँदा विचारको केन्द्र भत्काउने योजनासहित आक्रमण भइरहेको बताएका छन् । उनले गृहमन्त्री रशेम लेखकलाई जोगाउने नाममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको दुई बुँदे सम्झौताबाट माओवादी केन्द्रले विधि र आदर्श गुमाएको आरोपसमेत लगाएका छन्। भिजिट भिसा प्रकरणमा सरकारसँगको दुई बुँदे सहमतिले माओवादीलाई अन्तर्राष्ट्रिय जगतमा नैतिक रूपमा कमजोर बनाएको बताएका छन् । उनले यसमा आत्मसमीक्षाको क्षणका रूपमा रहेको विशेष महाधिवेशनलाई कुनै हालतमा गुमाउन नहुने पनि बताएका छन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल