Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचिसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको । बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा ६, उपरीक्षक (एसपी)मा २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ । एसएसपी बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोप बहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर रहेका छन् । एसपी सिफारिस हुनेमा साधारणतर्फ नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर रहेका छन् । यस्तै, भीमबहादुर विष्ट, नवराज वोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमर बहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती छन् । यदुकुमार कार्की, देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत पनि एसपी बढुवा सिफारिस भएका छन् । प्राविधिकतर्फ इन्जिनियर मनोज बखुन्छे श्रेष्ठ रहेका छन् ।

 

 

  


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल