Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गरी पु¥याउन सकिएको छैन । १५ वर्ष अगाडिका योजनाहरू आफैंले शुरु गरेको बताएर जनतामा भ्रम छर्दैमा प्रधानमन्त्रीलाई फुर्सद छैन । पार्टीकै महाधिवेशनको रु ३५ लाख लेवी र फुटबल संघको नाममा उठाइएको १६ करोड कार्यकर्ताबाट खोजी भएको छ । पार्टीमा आफू बाहेक अरु अगाडि आउनै नदिने ओलीले पछिल्लो पटक भ्र्रष्टाचारले गन्हाएका काँग्रेस र एमालेका मन्त्री फेर्ने तयारी गर्दा भ्रष्टाचारको भकारी काँग्रेस र एमालेका मन्त्री फेर्ने तयारी गर्दा काँग्रेसले साथ नदिएपछि तनावमा छन् । एमालेका बदनामलाई प्रधानमन्त्रीले च्याप्ने काँग्रेसी बदनाम सभापतिका प्यारा बन्ने अवस्थाका कारण सरकार दिन दुगुना, रात चौगुना बदनाम छ । तै पनि यी दुई गणेशहरू चुप छन् ।
प्रधानमन्त्रीलाई मै मात्र देशको ज्वालामुखी हुँ भन्ने वा उनले जनताको हितमा सिन्को नभाँचे पनि यौन दूराचारीहरूबाट साथ पाएका छन् । हिजो ठाउँ कु ठाउँ बोल्दा प्रधानमन्त्री फुटबलको पेले हो कोही माइकालालले हल्लाउन सक्दैन भन्ने काठमाडौंका फ्याउरो त्रिभुवन विश्व विद्यालयको सयौं रोपनी जमिनमा रहेको ल्याबोरोटरी स्कुल शैक्षिक माफिया काँग्रेसी कोषाध्यक्ष उमेश श्रेष्ठसँग मिलेर हजम गर्दै प्रम ओली विरुद्ध विद्यालाई उचाल्दै छ । जो हिजो शिक्षामन्त्री बन्दा पेलेको नमूना ओलीलाई मान्थे । राजनीतिको उचार चढाव त्यो हो भन्ने कुरा रघुजी पन्त हुन् । काँग्रेसले भ्रष्टाचारी र बदनाम मात्र होइन असक्षम मन्त्री हटाउन स्वीकृत नदिँदा एमालेको बदनामी गरीरहेका उद्योग, बाणिज्य तथा आपूर्ति र भूमिव्यवस्था तथा सहकारी मन्त्रीलाई प्रधानमन्त्रीको संरक्षण देखियो । पैसा खान राजश्व लुट्नपर्दैन । जनताको ठाउँ खुस्कने गरी उद्योगीलाई मन्त्रीले सिमेन्ट र रडको मूल्य बढाउन स्वीकृत दिए पुग्छ । विनोद चौधरीसँग हाताहाती नगद लिनै पर्दैन । उनको एउटा कारखानाले प्रयोग गर्ने कच्चा पदार्थमा लाग्दै आएको राजश्वको मात्रा घटाईदिए पुग्छ । उद्योगमन्त्रीले त्यही गरेका छन् । उनले मनपरी रड र सिमेन्टको मूल्य बढाए । तिनैले विद्युत महशुल तिरेका थिएनन् । यहाँ प्रम खुशी भए मन्त्रीले दाम कमाए ।
भूमिसुधारमन्त्रीको चाल त्यही हो । उनले पैसा भूमिहिन समस्या समाधान आयोगकै उपाध्यक्ष नियुक्तिमा खाए । गिरिबन्धु प्रधानमन्त्रीकै इच्छाको योजना हो । ऊर्जामन्त्रीको कुरै नगरौं । खेलकुदमन्त्री र पर्यटनमन्त्री समेत यहाँ लुटमा छन् । तर प्रमलाई देउवाले भ्रष्ट खेद्ने मामिलामा सघाएका छैनन् । किनकि शेरबहादुर देउवा पत्नी आफैं बदनाम छन् । गृहमन्त्री रमेश लेखकको पौरखी चरित्र उदांगो हुँदा भिजिट भिसाको छानविनमा मन्त्री जोगाइँदैछ । यहाँ नक्कली भुटानी शरणार्थी प्रकरणकि खानी डा. आरजु देउवा र मञ्जु खाँड जस्ता बहादुर भ्रष्टहरू छन् । सरकारको नेतृत्व फेर्दा आधा आधा समय तोकेर सात बुँदे सम्झौता गर्ने तर प्रम केपी ओली हुने बाहेक छ वटा एजेन्डा अलपत्र पार्ने काम भएको छ । त्यही कारण शेरबहादुर देउवाले भ्रष्टकै बीचमा केपी ओली नै पंगु बनोस् भनेर यस्तो खेल खेल्दैत छैनन्, शंका उब्जेको छ । सरकारले कामै नगरे पनि भ्रष्टहरूमाथिको कारबाही चुस्त पार्नु पथ्र्यो तर भ्रष्टकै संरक्षक प्रम र काँग्रेस सभापति भएपछि भ्रष्ट मन्त्री हटाउने कसले ?
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल