Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सबै वामपन्थी शक्ति एक हुन अवस्था नरहे पनि सम्भव भएसम्म एकजुट भएर नेपालको वापमन्थी आन्दोलनलाई बलियो बनाउने उद्देश्यले गतिविधिहरु भइरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको बेलामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो सक्रियता बढाएका छन्। पछिल्ला केही दिनमा समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूसँग भेटलाई तीव्रता दिइरहेका छन्। हालै बसेको माओवादीको बैठकले मोर्चामा आबद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि एकताको छलफल चलिरहेको माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताए। त्यसो महेन्द्रराय यादव नेतृत्वको नेसपासँग भने एकता गर्ने यसअघि नै निर्णय भइसकेको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज मोर्चा बाहिर रहेका जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरे। मोर्चा घोषणा हुँदा उपेन्द्र पनि साथमै थिए। तर प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्र बिच्किएर मोर्चाबाट अलग्गिएका थिए। अहिले फेरि मोर्चालाई एउटै पार्टीमा रूपान्तरण गर्ने गृहकार्य चलिरहेको बेलामा श्रेष्ठले फकाउन थालेका हुन्।
श्रेष्ठले हिजो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटे गरेका छन्। माओवादीसँग एकता गर्न अध्यक्ष माधव नेपाल सकारात्मक भएपनि खनाल छैनन्। अध्यक्ष नेपालसँग असन्तुष्ट नेता नेपाललाई नेता श्रेष्ठले खनाल निवास डल्लुमा पुगेका भेट गरेका थिए। खनाल भेट्नुअघि श्रेष्ठले नेकपा एसकै महासचिव घनश्याम भुसालसँग पनि कुराकानी गरेका थिए। शुक्रवार श्रेष्ठ निवास हात्तीवन पुगेर महासचिव भुसालले छलफल गरेका थिए। त्यसो त बुधवार उनले नेकपाका महासचिव विप्लवसँग पनि भेट गरेका थिए। बुधवार दुई नेताबीच एक घण्टा कुराकानी भएको थियो। माओवादीले नेकपासँग एकता गर्ने निर्णय गरेको भएपनि तत्काल सकारात्मक बनिरहेको छैन। यसअघि नै नेकपाले माओवादीसँग एकता गर्ने निर्णय गर्दा पनि प्रचण्डकै अनिच्छाको कारणले टरेको नेकपाको निष्कर्ष छ। नेकपाका प्रवक्ता प्रकाण्ड आफूहरू माओवादीको निर्णयपछि समग्र परिस्थिति मूल्याङ्कन गरेर निर्णय गर्ने बताएका छन्। त्यसो त श्रेष्ठले गत महिना पनि श्रेष्ठले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भेटेको थिए। भेटमा भण्डारीसँग वामपन्थी एकताको प्रस्ताव राखेको चर्चाले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको थियो।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल