Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रुपन्देही । ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवार आज सभापति रवि लामिछाने भेट्न ललितपुरस्थित नक्खु कारागार जाने भएका छन्। लामिछानेनिकट प्रमोद न्यौपानेले दिएको जानकारीअनुसार उनीहरू अहिले बिहान ११ बजे सभापतिसँग भेटवार्ता गर्न नक्खु कारागार पुग्ने भएका हुन्। रास्वपाबाट पार्थिवेन्द्र उपाध्याय र उनकी श्रीमती उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल छन्। आज दिउँसो बस्ने सचिवालय बैठकपछि रास्वपाले उम्मेदवार घोषणा गर्ने प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। त्यसअघि उम्मेदवारका आकांक्षी ९ जना सभापति लामिछाने भेट्न नक्खु कारागार पुग्ने भएका हुन्। उम्मेदवार छनोटका लागि रास्वपाको निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर आवेदन आह्वान गरेको थियो। आवेदन दिएकामध्ये रास्वपाले प्रारम्भिक सूचीका रूपमा ९ जनाको नाम सार्वजनिक गरेको थियो।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल