Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने भएको छ। समितिको रिक्त सभापति पदका भोलि निर्वाचन हुँदैछ। पार्टीले आफूलाई समितिको सभापतिमा अघि सार्ने निर्णय गरेको सुन्नमा आएको खतिवडाले बताए। उनले आफू पार्टीले गरेको निर्णय स्वीकारेर अघि बढ्ने पनि बताए। राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न ईश्वरी न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्।न्यौपाने राज्य व्यवस्था समितिमा गएपछि उनको रिक्त सदस्य पदमा रामहरि खतिवडालाई पठाइएको छ। कुलिङ पिरियड छेडखानीमा छानबिन समिति नैतिक जिम्मेवारी ठहर्याएपछि राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल