Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सोमबार जेन जी आन्दोलनमा सरकारले दमन गर्दा २० जना युवा मारिएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन्। उनले सोमबार मध्यराति फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन्। यस क्रममा उनले ओलीलाई आदरार्थी पनि तँ प्रयोग गरेका छन्। उनले लेखेका छन्, तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन। तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्। उनले ह्यासट्याग पनि गरेका छन् । घटनामा ४ सयभन्दा बढी युवा घाइते भएका छन्। उनीहरूको उपचार जारी छ। घटनापछि सोमबार साँझ नै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिइसकेका छन्। प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल