Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अन्ततः सुमनाले छाडिन् रास्वपा

काठमाडौं । आफ्नो स्वाभिमानबाट पछि हट्न नमान्ने युवा नेता सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेकी छन्। आफूले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताइन्। कहिल्यै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ, गरेको श्रेष्ठले बताएकी छिन्। उनले थपिन्, तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। यस क्रममा पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले कांग्रेस(एमालेलगायत पार्टीका तेस्रो पुस्ताका नेतालाई पनि आफूले जस्तै विचार गर्न सुझाव दिएकी छन्। मैले पार्टी छोडेँ। कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्, श्रेष्ठले भनिन्, आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो। त्यो किन बोकेर बस्नुहुन्छरु अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।


सम्बन्धित समाचार

२०८३ बैशाख १३

ताजा नेपाल

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८३ बैशाख १३

ताजा नेपाल