Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौैं । नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन्। केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्। अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी पूर्वअर्थसचिवसमेत रहेका खनालले अर्थ मन्त्रालयको कार्यभार पाएका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
देखिएनन् सभामुख
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ। सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल गरी ३ जनाले शपथ लिएका हुन्। तर, राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा एउटा रोचक दृश्य देखियो। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा नगएका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल मन्त्रीहरूको शपथमा उपस्थित भए। त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे भने शपथ सामारोहमा देखिएनन्। उनी प्रधानमन्त्रीको शपथमा पनि देखिएका थिएनन्। प्रधानमन्त्रीको शपथमा उपराष्ट्रपति रामसाहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहभागी थिए। हाल प्रतिनिधि सभा विघटन भएको छ भने राष्ट्रिय सभा निरन्तर चल्ने गर्दछ। शपथ सामारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री, उपराष्ट्रपति यादव, प्रधानमन्त्री कार्की र राउत पनि सहभागी भए।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल