Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेका ‘युवा’ मा देखिएन ओलीको विकल्प खोज्ने हिम्मत

काठमाडौँ । सही र गलत छुट्याउन सकिँदैन भने त्यस्ता व्यक्तिले राजनीति नगरे पनि हुन्छ । वर्तमान समस्याको कारक ठहरिएका तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो अवस्थामा पनि पार्टीबाट हटाउने र पार्टी पुनर्गठन गर्ने हिम्मत एमालेमा देखिएका युवा भनिएकाहरुमा देखिएको छैन । अझै एमालेमा दास प्रथा कायमै राख्दै अध्यक्ष ओलीलाई देबादीदेव कायम गर्ने प्रयास भइरहेको छ । सम्भवतः विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा एमालेले तत्कालै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नखोज्ने भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गत साउन ५–६ को केन्द्रीय कमिटी बैठकबाट रोकिसकेका ‌ओलीले भदौ २३ र २४ को जेनजी आन्दोलनबाट अकल्पनीय धक्का ब्यहोरेर गोप्य स्थानमा बस्नु परेको छ। जेनजी आन्दोलनका नाममा एमालेका केन्द्रीय कार्यालयसहित देशभरका दर्जनौँ भवन ध्वस्त पारिएका छन् । अध्यक्ष ओलीकै भक्तपुरको बालकोट, तेह्रथुम र झापा तीनै स्थानका घरहरू जलाइएका छन् । अर्थात् अहिले ओली र एमालेमाथि आइलागेको बिपदमा एकैसाथ सबैजना घरबारविहीन भएका छन् । फागुन २३ गते दिउँसो १९ जना प्रदर्शनकारीको ज्यान गएपछि मध्यरातिसम्म राजीनामा नदिने हठमा रहेका प्रधानमन्त्री ओलीले भोलिपल्ट घुँडा टेक्नुपर्‍यो । फागुन २३ गते सोमबारको क्याबिनेटपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ बालुवाटारमा भनिरहेका थिए, गृहमन्त्रीले राजीनामा दिइसक्नु भयो, प्रधानमन्त्रीले राजीनामा दिने कुरा छैन ।
त्यसपछि मंगलबार बिहानसम्म प्रधानमन्त्री ‌ओली अडानमै थिए । उनले मंगलबार साँझ सर्वदलीय बैठक राखे । तर उनको सर्वदलीय बैठकअघि नै संसद् भवन, सिंहदरबार, शीतल निवासदेखि सयौँ सरकारी संरचना ध्वस्त पारियो । खासगरी कांग्रेस, एमाले र माओवादी नेताहरूका घर छानीछानी तोडफोड गरियो, ध्वस्त बनाइयो । त्यसपछि मंगलबार दिउँसो पदबाट राजीनामा दिएका प्रधानमन्त्री ओली बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर कतै गए । सम्भवतस् सेनाको शिवपुरी व्यारेक वा अन्यत्र कुनै सुरक्षित स्थानमा । मंगलबार दिउँसो सेनाको हेलिकप्टर चढेर बालुवाटार छाडेका उनले ६ दिन बितिसक्दा पनि कुनै सार्वजनिक वक्तव्य दिएका छैनन् । सामाजिक सञ्जाल फेसबुकसहित बन्द गराएर बसेको सरकारले टिकटकमा जेनजीले छेडेको ‘नेपो बेबिज’ आन्दोलनबारे सरकार हेपाहा व्यवहार देखाएको कुरा उनले भदौ २२ गते ललितपुरको गोदावरीमा दिएको भाषणले पुष्टि गर्‍थ्यो । ओलीले त्यस दिन जेन(जीका नाममा घुसपैठियाहरूले उपद्रो गर्न सक्ने बताएका थिए । जेन जीलाई हेपाहा शैलीमा बोलेका ओलीले उनीहरूका आवाजबारे एक पटक पनि छलफलमा चासो देखाएनन् । जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै कार्यक्रम थालिँदा पनि सरकार गम्भीर थिएन । त्यसकै परिणामस्वरुप आफ्नो तेस्रो कार्यकालमा एमालेलाई समेत सबैभन्दा संगिन संकटमा पार्दै सरकरबाट ओलीको पतन भएको छ । ६ दिनदेखि ओली कहाँ छन् भन्ने सम्भवत एमाले महासचिव पोखरेलसहितलाई अवगत होला । एक निमेषमै सबैथोक गुमाएका ओली र गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनकारीको निशानामा थिए । त्यहीकारण पनि हुन सक्छ, ओलीलाई अहिलेसम्म सेनाले सार्वनजिक गरेको छैन ।‌ ओलीले ६ दिनदेखि गुमनाम जीवन बिताइरहँदा अचानक सत्ता गुमाउँदा शिथिल बनेका एमालेका अन्य नेताहरू भने बाहिर निस्किन थालेका छन् । कुनै सेल्टरमा बसेर चारवटा फेसबुक पोस्ट सार्वजनिक गरेका महासचिव पोखरेलले आइतबार राति काठमाडौँमा जुम बैठकसमेत गरे । उपलब्ध स्थायी कमिटी सदस्य, प्रदेश अध्यक्ष र केन्द्रीय कमिटी सदस्यसहित करिब २०० जनाबीच आइतबार जुम मिटिङ गराएका पोखरेल सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा झुल्किए । च्यासलमा उनी, उपमसहाचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शेरधन राईसहितका नेताहरू जम्मा भएका थिए । जहाँ उनले अहिले एमालेका लागि खरानी टक्टक्याएर उठ्नुको विकल्प नरहेको बताएका थिए । उपमहासचिव प्रदीप ज्ञवालीले पनि त्यही निष्कर्ष सुनाए ।
महासचिव पोखरेलले आइतबार राखेको जुम मिटिङमा अहिले नै एमालेको नेतृत्व परिवर्तनबारे सोच्नु हतार हुने बताए । उक्त मिटिङमा सहभागी एकजना नेताका अनुसार पोखरेलले अहिले नेतृत्वको विषयमा अल्झिने बेला नभएको निष्कर्ष सुनाए । अहिले केही साथीहरूले नेतृत्वको कुरा उठाउन थालेका छन् । अहिले नेतृत्वको विषयमा अल्झिनु हुँदैन । तत्काल त्यता नजाऊँ, प्रक्रियागत ढंगबाट महाधिवेशनमा गएर त्यो खोज्नु उचित हुन्छ । यसरी माथिको नेतृत्वको विकल्प खोज्न थाल्दा तलैसम्म कमिटी भताभुंग हुन्छ भन्ने उहाँको निष्कर्ष थियो, बैठकमा सहभागी एकजना नेताले भने, यो आन्दोलन उठ्नुमा केपी शर्मा ओली र एमाले मात्रै कारक तत्व हो भन्ने पत्याउन सकिँदैन । हिजो केपी ओली केही नहुँदा पनि दरबार हत्याकाण्ड भएको थियो । त्यसैले हामीले नेतृत्वका विषयमा उचित समयमा सोच्नुपर्छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलहरू सहभागी नभएको उक्त बैठकमा विद्या भण्डारीबारे केही कुरा नउठेको ती नेताले बताए । ‘विद्याको पाटोको च्याप्टर क्लोज भइसकेको छ । कसैले कुरा पनि उठाएनन् । अहिले नेतृत्व फेर्न यही घटनाका कारण एमाले जाँदैन भन्ने मिटिङको निष्कर्ष थियो । विस्तारै पार्टीलाई रिभाइभ गर्न सकिने निचोडसहित हामी उठ्यौँ, ती नेताले भने, हामी अर्ली महाधिवेशनमा गएर अहिलेको नेतृत्वको विकल्प खोज्ने तयारीमा छौँ । विधान महाधिवेशनकै गाइडलाइनका आधारमा अर्ली महाधिवेशन भएर नेतृत्व हेरफेर हुन्छ । महासचिव पोखरेलले उक्त जुम मिटिङमा नेतृत्व परिवर्तनका लागि पार्टीका आफ्नै विधि विधान रहेका बताएका थिए । एमालेमा अहिले गम्भीर समस्या छ । केपी ओलीबाहेक कसले आएर यो परिस्थित सम्हाल्छ भन्ने विश्वासलाग्दो पात्र नै छैनन्, ती नेताले भने, सुरेन्द्र पाण्डेलाई ईश्वर पोखरेलले नस्वीकार्ने, अष्टलक्ष्मी शाक्यलाई सुरेन्द्र पाण्डेले नमान्ने, शंकर पोखरेललाई विष्णु पौडेलले नसुन्ने, योगेश भट्टराई र गोकर्ण विष्टले नसक्ने, हामीलाई बडो संकटपूर्ण अवस्था छ । उक्त मिटिङमा महासचिव पोखरेले पहिले राष्ट्र, संविधान र व्यवस्था जोगाउने कुरामा ध्यान दिनुपर्ने निष्कर्ष सुनाएका थिए । सोही अनुसार संसद् विघटनलाई गलत भनेको एमालेले फागुन २१ गते हुने चुनाव भने बहिष्कार नगर्ने मानसिकता बनाएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल