Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता अहंकार दलगत गुटबन्दी जनताको सरोकारप्रतिको बेवास्ता स्थानीय तहका स्वतन्त्र निर्वाचित जनप्रतिनिधि बालेन शाह, हर्क साम्पाङमाथि पक्षपातपूर्ण व्यवहार माओवादीले जितेका स्थानीय तहमा आर्थिक नाकाबन्दी र असहयोग केपी ओली शासनको प्रथम अभ्यास थियो । एमाले ओली गुटको दानवीय शैली र राज्य लुटको श्रृङ्खला अख्तियार, अदालत, प्रशरी शस्त्र प्रहरी, गुप्तचरसम्म चरम थियो । देश लुट्नकै लागि एक भएका काँग्रेस र एमालेका नेता मात्र होइनन् कुरा चर्का गर्ने विद्रोह गरेर जनताका बीचमा विकृति विरुद्ध नजाने प्रचण्ड पनि आक्रमणको निशानामा परेका छन् । अब चुनाव हुन्छ हुन्न एमाले कता लाग्छ हुँकार महेशकै छ । देउवा ओलीको शासन देश लुट्ने र हरेक ठाउँमा आफ्ना भारदार राखेर लोकतन्त्रलाई निरंकुश बनाउन परेको प्रयासका विरुद्ध अन्तरपार्टी असन्तुष्टि थियो । ओलीको जय भन्ने पार्टी कार्यकर्तामाथि यौन शोषण गर्ने महेश बस्नेत र गोकुल बास्कोटाहरूको भागाभाग हुनु बोलीकै छुद्रता हो । ०४८ सम्मका सुकुम्बासी विष्णु पौडेल नव धनाढ्य बन्नु देशका हरेक स्थानमा एमाले शासनको चरित्र उदांगो भएकै कारण ओलीको महल जल्यो । देशको जल सम्पदा भारतलाई सुम्पेर आफू धनाढ्य भएका केपी ओली आक्रमणको तारो बन्नुको कारण जेनजी समूहलाई हेप्नु हो । यो समूहले भ्रष्टाचार नियन्त्रण र पारदर्शीतासँगै सामाजिक सञ्जाल खुलाउनु पर्ने आशय राख्यो । तर तत्कालिन प्रम ओलीले वास्ता गरेनन् ।
आफू बाहेक अरुलाई मान्छे नगन्ने ओली चरित्र आफ्नै पार्टीमा पनि अपद भयो । विधान आफ्नो स्वार्थमा फेर्नेदेखि आफूलाई हित हुने गरी परिवर्तन गराएर हैकम दर्शाएका केपी ओली अबको राजनीतिमा पनि पाच्य भएनन् । लुटाहा पुस्ता विरुद्धको आक्रोशलाई सम्बोधन भएको भए यो स्थिति आउने थिएन । ओली हैकम २ दिनमा तहसनहस हुँदा राज्यका नाममा सम्बोधन गर्ने विश्वासिलो शक्ति समेत राज्यले पाएन । जहाँ राष्ट्रपति रामचन्द्र पौडेल समेत मुलुक लुटेर राजधानीमा महल, बेलायतमा घर खरिद गरेको कुरा जेनजी समूहको लिष्टमा थिए । भ्रष्टाचारी मन्त्री हटाउन नचाहेको फल काँग्रेस सभापति निशानामा परे । उनको घर जल्यो, श्रीमान श्रीमतीले झापड खाए । पाँचौ पटक प्रम भएका देउवाले राम्रो केही गरेनन् । सांसदलाई पेन्सन, भन्सार छूटको गाडी, सुत्केरी भत्ता, देउवाका उपलब्धी थिए । उनको त्यो निर्णय स्वीकार्ने नेकपा एमाले अंग्रपंक्तिमा थियो ।
पार्टी कार्यालय र सरकारी कार्यालयहरू निशानामा पर्नु नेतामा देखिएको स्वार्थगत लुट नै कारक हो । यो आन्दोलनमा अरवौंको क्षति भएको छ । नयाँ पुस्तामा देखिएको त्यो आक्रोशले नेताकै बदनाम भएको छ । भने यिनले देश लुट्न स्थापित गरेको संघीयता धरापमा परेको छ । मध्यावधि चुनावको मिति घोषणा भएको छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल