Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले यसपाला टीका नलगाउने

कामाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्। स्वकीय सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले संसारभर छरिएर रहेका नेपालीभाषीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन्। त्यसैगरी प्रधानमन्त्री कार्कीले यसपालि आफूले विजयादशमीमा टीका नलगाउने भएकी छिन्। गत भदौको जेनजी आन्दोलनको क्रममा धेरै युवाले ज्यान गुमाएकाले यसपटक आफूले पनि नलगाउने र अरुलाई पनि नलगाइदिने भएको सचिवालयले उल्लेख गरेको छ। बडादसैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए पनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनुपरेको पीडा पनि हाम्रासामु ताजै छ, सन्देशमा उल्लेख छ, तसर्थ, यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडादसैँको टीका जमरा नलगाउनुहुने र देशवासीहरुलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ। सन्देशमा उनले तोकिएको प्रतिनिधिसभाको निर्वाचन गर्न कटिबद्ध रहेको तथा देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेकी छिन्। उनले सबैमा देश विकासमा लाग्न अनुरोध समेत गरेकी छिन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल