Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

काठमाडौं । यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई पनि टीका नलगाउने निर्णय गरेकी छन् । आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन आज आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ । दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर राज्य सञ्चालकका लागि भने बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको समितिले जनाएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल