Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेनजी पुस्ता र केपीको काउछो

जो जहाँ जुन पेशामा छ, उसले आफ्नो पेशालाई देशका कानुन अनुसार चलाएको खण्डमा कसैले रिस गर्दैन । नेपालमा राजनीतिलाई व्यापार बनाएर जीवनभर पार्टीको काम गरेको नेता पैसा नहुँदा चुनावमा प्रतिस्पर्धा गर्न सक्दैन । तर व्यापारीले त्यही नेतालाई पैसा खुवाएर संसदको टिकट लिन्छ, चुनाव जित्छ । मौका परे झण्डा हल्लाउँदै पार्टीको लागि जीवन दिएको निष्ठावान र त्यागी नेतामाथि दलीय दमन गर्छ । नेपाली काँग्रेस यो मामिलामा अगाडि छ । काँग्रेसकै शिक्षा लिएको नेकपा एमालेले पनि त्यो धन्दा निकै चलायो, विनोद चौधरी एमालेका संविधानसभा सदस्य बनाइए । हुलासचन्द्र गोल्छा काँग्रेस, राजेन्द्र खेतान नेकपा माले, गीता राना, स्व. बाबुराम पोखरेल फोरमका सांसद भए । उनीहरू पैसा खर्च गरेर सांसद भए । ३५ लाख लिएर विवादास्पद चरित्र ह्लारक्याल लामा पनि एमालेबाट सांसद बनेर अर्थ राज्यमन्त्री बनाइएका थिए । उनलाई पैसाले सांसद बनायो, राज्यमन्त्री पद दियो ।
काँग्रेस, एमालेको त्यो शिक्षा नेकप माओवादीले पनि सिक्यो । रक्तचन्दन तस्करदेखि सुन तस्करसम्मले माओवादीको संरक्षण पाएकै हुन् । आज सडकमा ३ ठूला दलका नेताका चरित्र विरुद्धको आक्रोशले जेनजी पुस्ता जन्मियो । त्यो पुस्ताले संविधानले व्यवस्था गरेको जनताको अधिकार प्रयोग गर्न पाएन । अर्थात् प्रयोग भएको देखेन । गणतन्त्र, संघीयता, समावेशीता भनेको छ । समावेशीताको नाउमा नेताका पत्नीलाई सांसद बनाएका छन् । पार्टीमा गुटउपगुटको भागवण्डा लगाएर निष्ठावान कार्यकर्तामाथि प्रहार गरेकै कारण काँग्रेसका सभापति र श्रीमतीमाथि प्रहार गरेकै कारण काँग्रेसका सभापति र श्रीमतीमाथि प्रहार भएको हो भन्ने हेक्का काँग्रेसले राख्नुपर्छ ।
उद्योगी, व्यापारी, डाक्टर इञ्जिनियर, पत्रकार दलको समर्थक बन्नु नौलो होइन । तर नेतालाई आफ्नो धन प्रदर्शन गरेर पैसाले पद किन्नु राम्रो होइन । राजनीतिले विरामीलाई डाक्टरको सेवा नपाउने अवस्था त आयो । समावेशीतामा जनप्रतिनिधि तथा संसद बन्न कानुनले नै क्लष्टर छुट्याएको छ । तर थारुको कल्टर विनोद चौधरीले हजम गर्ने पिछडिएको क्षेत्र खस, आर्यको ठाउँमा डा. आरजु मधेशीको ठाउँमा विमलेन्द्र निधि छनोट हुँदा नै काँग्रेसमा असन्तुष्टि बढेको हो । यस्तो असन्तुष्टि एमालेमा पनि छ । उनले परिवारदलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसद बनाए । जीवन भर राजावादी राप्रपाको केन्द्रीय सदस्य कोमल ओलीलाई संसद मात्र बनाएनन् पार्टीकै केन्द्रीय सदस्य बनाए । ओलीको मन नपरेर केन्द्रीय सदस्य पद त्याग गरे । राजावादी भएका दुर्गा प्रसाई पनि एउटा नमूना हो । आज तिनै प्रसाईको प्रचार प्रसारले ओली भयभित छन् । ओलीवाद एमालेमा नांगै भएको छ । त्यही कारण शुरुमा महेश बस्नेतको सुरक्षा नपत्याएर संविधान दिवसमा पार्टी कार्यालय आउन सकेनन् । अहिले बस्नेत सँगै छन् । राजनीति देशको मियो हो । त्यसले शासकीय स्वरूप समय अनुकुल बदल्नु पर्छ । नेताका स्वार्थ अनुरूप व्यवस्था चलाउन खोज्नेले जनताको आवाज सुन्दैन । यो देशको सिंहदरबारमा मात्र होइन प्रहारी र सेनाका मुख्यालयमा बिचौलियाको प्रभाव बढ्नु राजनीति नेतृत्वको लोभी पापी प्रवृत्ति नै मुल कारक हो । जनजाति, दलीत, आदिवासी वर्गका एजेन्डा र दलका एजेन्डा चुनाव जित्नकै लागि एक खालका छन् । तर सत्तामा जब दल पुग्छ ऊ प्रति राखेको अपेक्षामाथि घमण्डी केपीहरूबाट कुठाराघात पनि हुन्छ । त्यही नेतृत्वले दम्ब प्रदर्शन गरेको हुन्छ । यो कुठाराघातका नायक देउवा, प्रहण्ड, ओली बनेका छन् । त्यही सिकेर कुलमान ऊर्जा मा चम्केका छन् । यिनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका रूपमा संसदबाट कस्ता विधेयक पास गर्दैन ? त्यसले यिनको जनस्तरमा क्रेज खस्केको थियो । कार्यकर्ता निराश बनेका छन् ।
जेनजी आन्दोलनको भावनामाथि कुठाराघात गर्ने छुट कसैलाई छैन । तर कुलमान पूर्वाग्रही भएका छन् । दल विहीन स्वतन्त्र र विषयमा विज्ञता हाँसिल गरेका मन्त्रीहरूले दलीय गल्ती दोहो¥याउनु हुँदैन । जति गल्ती गरे दलहरूले गरे तर कुलमानले त्यही गल्नी गरेका छन् । व्यापारीक कम्प्लेक्स जल्नुको कारण तिनको उत्पादन गुणस्तरयुक्त नहुनुमा राजश्व छल्नुमा आक्रोश छँदै थियो । केपी ओलीले आगोमा घिउ थपेका मात्र हुन् । घर पोलेर खरानी ताप्ने परेपछि दम्ब अहंकार र घमण्डी बन्न मन लाग्छ । केपी ओलीमा यौन लम्पट परस्त्री प्रेमीको ममता छ । उनी सच्चा देशभक्त नेता थिए भने सुरक्षा प्रमुखहरूलाई मुलुकको बारेमा सोध्ने तिनकै सुझाव मान्नेसन्न हुनुपथ्र्यो । तर सर्वविज्ञ बन्न खोज्दा एमालेका केपी ओली पार्टीको मात्र होइन देशकै काउछो बन्दैछन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल