Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई तिहाईको दम्बकारीलाई शिक्षा

काठमाडौं । गत वर्ष नख्खु खोलाको बाढीले घर बगाउँदा सरकारको उद्दारको आशा गरेका गरिबलाई हेलिकोप्टरको भिजिबिलिटी भएन भनेर लाचार प्रकट गरेको दुई तिहाईको ओली सरकारलाई जनआन्दोलनको बलमा बनेको अन्तरिम सरकारले उदाहरणीय शिक्षा दिएको छ । मुलुकभर अचानक बर्षाद् भएपछि सरकारले नागरिकहरूलाई सतर्कता अपनाउन र सडक यात्रा बन्द गरेर खोला किनाराका वस्तीबाट जनतालाई सुरक्षित स्थानमा सारेर आफ्नो दायित्व पूरा गरेको छ । प्रशासन यही हो, प्रहरी, सशस्त्र प्रहरी तिनै हुन् । तर सत्तामा बस्नेहरू मात्र फरक हुन् । मानवीय चेतना र मानवीयता नभएकाहरू हामी जस्तो कोही छैन, हामी नै कानुन भन्दा माथि, हाम्रो दुई तिहाई भन्दै राज्यको ढुकुटीले घरका गोदाममा भर्दैमा एक वर्ष २ महिना बतिाए । तर तिनेकै विरुद्ध सडक आन्दोलन थेग्न नसकेर ज्यान बचाउनका लागि सेनाको सहारा लिन परेको थियो । तिनको कठपुतली राष्ट्रिय मानवअधिकार आयोग पनि बोल्न बाध्य भयो । अन्याय, अत्याचारले सीमा नाघेका दानवहरूको शासनलाई युवाहरूको विद्रोहले चुनौती दिँदा स्कुले विद्यार्थीमाथि स्कुले पोशाकमै मृत्युवरण गराइयो । गोली चलाउन ओदश दिने तत्कालिन प्रधानमन्त्री गृहमन्त्रीलाई साक्षी ारखेर सेनालाई सडकमा उतार्न तम्कसेका तीन दिन र आजका शासकबीच तुलना हुँदैन । सरकार कस्तो हुनुपर्छ जनताको सेवा कसरी गर्नुपर्छ भन्ने शिक्षा राजनीति गरेको घमण्ड गर्नेहरूलाई राजनीति र प्रशासन बुझेकाहरूले नेतृत्व लिएको बेला नैतिक शिक्षा दिएका छन् । आखिर कानुन त्यही हो, समाज त्यही हो । प्रहरी प्रशासन त्यही हो फरक सोच र विचारको हो ।
अहंकार र दम्बमाथि जेनजी पुस्ताले गरेको प्रहारबाट खुला हिँड्न कठिन हुने अवस्था छ । नेताका घर दरबा, गाडी छानिछानी जल्नु्मा तिनले जनतामाथि जबर्जस्त लादेको शासन कारण हो । सरकारी होस् वा नेताका भौतिक संरचना ध्वस्त बनाउनु आफैंमा राम्रो काम होइन । तर अदालतप्रतिको आक्रोश भने त्यहाँभित्र चम्केको भ्रष्टाचारतन्त्रले देखाउन नसकेको निष्पक्षता हो । भने अख्तियारले भ्रष्ट बचाउनु हो । प्रहरी प्रहरी जस्तो थिएन, स्थानीय तहलाई लुटाहाहरूको केन्द्र बनाइँदा जनप्रतिनिधि जसले राम्रो गरेका थिए ति पनि घानमा परेका हुन् । अहिले विद्रोहको मुल कारण नेकपा एमाले र केपी ओली ब्राड हो । एमाले नै हो कार्यकर्तालाई विदेशी जासुस र स्वोदशका सिआईडी बनाएर विपक्षी मत राख्नेमाथि ज्यान लिनेसम्मको शक्ति । त्यही कारण देशघाती काममा केपी ओलीको सक्रियता चम्क्यो । सरकारी सम्पत्ति माफिया र दलाललाई सुम्पेर ओली आफू श्री ३ बन्ने धोको पूरा भए पनि राजनीतिमा डन बन्न सक्ने अवस्था अब भएन ।
हिजो ओलीको चाकडी गरेर काँग्रेस र एमालेको सहमतिबाट मच्चाइएको लुटको छानविन हुँदैन भन्ने योगेश भट्टराईहरू पनि निशानामा पर्ने नै भए । मुलुक नेपाली काँग्रेस र एमालेको बिर्ता थिएन । तर केपी ओलीले जबर्जस्ती बिर्ता बनाएको मन नपर्दा पनि संसदभित्रैबाट हटाउने अवस्था भएन । दुई तिहाईको अत्याचारले एक वर्ष २ महिना पार नगर्दै सडकबाट विद्रोह भयो त्यो विद्रोह ओलीको रक्षा गर्ने सेना, प्रहरी र सशस्त्रले थेगेन । जनताको सरकार बन्यो । त्यसले मुलुकमा प्राकृतिक विपत्ति आउँदा समयमा सचेतना अपनाउँदै जनधनको क्षति हुन दिएन ।
कुम्ल्याउनेलाई पनि छैन पछुतो
मुलुकमा सार्वजनिक जमिन कब्जा गर्ने नेता धेरै छन् । उनीहरूमध्ये आफू राष्ट्रको मेरुदण्ड भन्ने विनोद चौधरी होस् वा अजय सुमार्गी । दलगत रुमपा यी चिन्नु परेन । दिपक भट्ट सबैका भए जसतै उपेन्द्र महतो, मीनबहादुर गुरुङको कथा चर्को छ । ठूला दलका ठूलालाई सघाउने यिनले आप्mनो व्यापार व्यवासयलाई नै केन्द्रीत गरेका हुन् । जेनजी आन्दोलनले चौधरी र गुरुङमाथि प्रहार ग¥यो । तर त्यसले मुलुकलाई कहाँ कति घाटा पुग्यो त्यो त आन्दोलनकारीले हेर्दैन । दलगत रूपमा पूर्वाग्रह हो । त्यसमा मुलुक कता जान्छ त्यो हेरिँदैन । दिपक मलहोत्राको नाम कनि लिने ? जो केपी ओलीका गिरिबन्धु टि इन्टेटको मुल लगानीकर्ता हको । राष्ट्रियताको नाउमा एमालेका तत्कालिन महासचिव मदन भण्डारी जसरी मारिए त्यसपछिका एमाले गतिविधिको अनुशरण गर्ने अधिकांश भ्रष्ट छन् । शंकर पोखरेल, ईश्वर पोखरेल चर्चित हुन् । केपी ओली भिष्म पितामह भएपछि बलात्कारी र यौन लम्पटले दलगत न्याय पाउने नै भए । भुटानी शरणार्थीको नाउममा देशले बेइज्जत सहेको छ । त्यो बेइज्जतकै कारण जेनजीले दुई तिहाइको सरकार ढाल्दा पनि केपी ओलीलाई पछुतो छैन । अपराध तिनले गरेका हुन् । देश लुटेका पनि हुन् तर तिनैले जेनजीमाथि प्रहार गर्दै तिनै चुल्ठे मुन्द्रेको सहारामा जनताको विद्रोहमाथि प्रहार गर्दैछन् ।
केपी ओलीको बदमासीले उब्जाएको यो समस्यामा उनी टसमस छैनन् । बलात्कारी र गुण्डाको इतिहास बनाएकाहरूमाथि विश्वास गरेर जसरी जेनजीमाथि प्रहार भयो त्यसले नेपाली जनजीवनमाथि नै खेलवाड भएको छ । यिनै कुम्लेहरूको धम्की सहनका लागि भदौ २३ र २४ मा त्यो नरसंहार भएको हो । किनकि तत्कालिन प्रधानमन्त्रीको हठ र अपराधमा देश खरानी हुँदा समेत एमाले नाउको त्यो पार्टीले विस्मात गरेको छैन । जहाँ केपी ओली नै श्री ३ महाराज बनेर गुण्डाको आरोप सहेका महेश बस्नेत यौन शोषणको आरोप लागे पनि पार्टीमा हर्ताकर्ता भएकै छन् ।

 


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल