Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धनगढी । कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा एक बीभत्स घटना घटेपछि सो क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ। केहि समययता यो क्षेत्रमा यसप्रकार घटना घटेका थिएनन्। फेरि शुक्रबार राति घटेको बीभत्स र क्रूर घटनाले सो क्षेत्रमा त्रास फैलिएको स्थानीयहरु बताउँछन्। अहिलेसम्म जानकारीमा आएअनुसार घोडाघोडी नगरपालिका–८ जरैमा सामान्य विवादको निहुँमा एक युवकको घाँटी रेटेर हत्या गरियो। हत्यामा संलग्न दुई किशोरले मृतकको टाउको बोकी प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए। यस घटनाले स्थानीय क्षेत्रमा गहिरो त्रास भएको सोही ठाउँका रामबहादुर विकले बताए। यस्तो घटना त फिल्ममा मात्रै हुन्छ भन्थे, अहिले आफ्नै गाउँ ठाउँमा हुन थाले, कस्तो त्रास छ, यस्तो घटना फेरि पनि हुन नदिनले सुरक्षा निगरानी बढाउनुपर्छ, आआफ्ना बालबच्चा कस्तो बाटोमा छन् त्यो हेर्नुपर्छ, उनले भने। प्रहरीका अनुसार, २८ वर्षीय केशर बहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार शुक्रबार राति खाजा खाने क्रममा उनीहरूबिच सामान्य भनाभन भएको थियो। त्यही विवाद यतिसम्म चर्कियो कि त्यसले एकजनाको ज्यानै लियो। प्रहरीका अनुसार अभियुक्तहरूले हत्या गरेको स्वीकार गरिसकेका छन्, तर उनीहरूको विस्तृत बयान लिन बाँकी छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल