Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । समय नै सबैभन्दा बलबान हुन्छ । कुनै बेला सदस्यताका लागि मरिमेट्नु पर्ने अवस्थामा पुगेका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा रातो कार्पोट ओछ्याउने अवस्थाको सिर्जना हुँदैछ । नेकपा एमालेको सचिवालयमा पूर्वराष्ट्रपति एवं पूर्व केन्द्रीय उपाध्यक्ष विद्या भण्डारीको पक्षमा थप नेता खुलेका छन् । शुक्रबारको सचिवालय बैठकमा पदाधिकारीहरूले भण्डारीको सदस्यता नवीकरण अनावश्यक तरिकाले रोकेर सकारात्मक सन्देश नगएकोतर्फ सचेत गराएका छन् । शुक्रबार बोल्ने ८ मध्ये ५ पदाधिकारीले भण्डारीको सदस्यता विवादले पार्टीमा अनावश्यक विवाद निम्तिएको तलसम्मैका कार्यकर्ता विभाजित भएको सुझाव राखेको एक पदाधिकारीले बताए । सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू पनि भण्डारीलाई निषेध गर्न नहुने पक्षमा यसअघिबाटै राय राख्दै आएका छन् । यसअघि भण्डारीको सदस्यताको विपक्षमा बोलेका नेता पनि आज खुलेको ती नेताले बताए । उपाध्यक्षद्वय विष्णु पौडेल र रामबहादुर थापाले पनि भण्डारीलाई पार्टीमा स्वागत गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।शुक्रबारको बैठकमा बोल्ने ८ मध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, गुरू बराल र प्रदीप ज्ञवालीबाहेक सबैले विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने धारणा राखेका हुन् । शाक्य र बरालले पार्टी र पुनर्गठन र नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै गर्दा सम्मानित पदमा दुई दुई कार्यकाल बसिसकेको मान्छे पार्टी पोलिटिक्समा फर्काउन नमिल्ने तर्क गरेका थिए ।शाक्यले केपी ओलीले नेतृत्व छाड्नुपर्ने लिखित राय भने राखेकी छन् । विद्या भण्डारीको सदस्यता रोक्दा पार्टी पंक्तिमा निराशा छाएको, पार्टीको लोकतान्त्रिक चरित्रमा प्रश्न उठेको बताउँदै एमालेका पदाधिकारीहरूले संविधान, पार्टी विधानले नरोकेको कुरा पार्टी निर्णयबाट रोकेर स्थानीय कमिटीसम्म निराशा बढेको बताएका थिए । उनीहरूले तत्काल सदस्यता खुलाउन पनि माग गरेका छन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल