Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिति तोकियो, छैन एमाले एमाले महाधिवेशनको कार्यतालिका

काठमाडौं । आफ्नो बचाउ गर्नका लागि महाधिवेशनको बाटो रोजेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नियमित समयभन्दा १३ महिनाअगाडि महाधिवेशन गर्दैछ। २०७८ मंसिरमा दसौँ महाधिवेशन गरेको एमालेले जेन–जी आन्दोलनकै कारण छिट्टै एघारौँ महाधिवेशन गर्न लागेको हो। २९–३१ सम्म ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर २७–२९ सम्म पोखरामा एघारौँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। तर, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा आफ्नो राजीनामा माग्ने योजना तुहाउनको लागि मात्र मिति प्रस्ताव गरेको नेताहरू आशंका गर्छन्। किनकि मिति घोषणा भए पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छैन। सबैभन्दा मुख्य कुरा, पार्टी सदस्यता नै टुंगो लागिसकेको छैन। यस्तै, सदस्यता प्रमाणीकरणको काम समेत बाँकी छ। महाधिवेशनको लागि प्रतिनिधि छनोटको विधि पनि बनेको छैन। महाधिवेशन गराउन विभिन्न उपसमिति निर्माण गर्ने र त्यसलाई केन्द्रीय कमिटीबाटै अनुमोदन गर्ने गरिएको थियो। तर, यसपटक यी सबै काम नभई महाधिवेशन मिति मात्र तोकिएको छ। ती नेताका अनुसार महाधिवेशनका लागि आवास, जनपरिचालन, आर्थिक लगायत १४÷१५ वटा उपसमिति बनाएर त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने अभ्यास समेत यसपटक कार्यान्वयन भएन। ‘२ महिनाभन्दा कम समय छ। केन्द्रीय कमिटीमा सबै आउनुपर्थ्यो, आएन। अब फेरि केन्द्रीय कमिटी बस्दैन। अहिले नै सबै तय गरेर जाँदा बढी विश्वाससिलो हुन्थ्यो,’ ती नेताले थपे। यद्यपि, यी सबै कुरा गर्नुपर्ने भनेर विधानमा उल्लेख गरिएको छैन। केन्द्रीय कमिटीले महाधिवेशन आयोजना गर्ने भएकोले पछि भए पनि अनुमोदन गराउनुपर्छ। जेन–जी आन्दोलनको कारण कांग्रेस–एमालेसहितको दुई तिहाइको सत्ता गुमाएका ओलीमाथि एमालेको नेतृत्व छोड्न दबाब थियो। तर, उनले पद त्याग गरेनन्। बरु महाधिवेशनको मिति तोके। त्यसमाथि धनुषा र रौतहटमा सदस्यता विवाद टुंगो लागेको छैन। प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तिहारलगत्तै कार्यतालिका बनाएर तल्लो तहमा पठाउने बताए। संगठन विभाग प्रमुख काशीनाथ अधिकारी पनि गौतमकै जस्तो धारणा राख्छन्। उनले महाधिवेशनको मिति यताउति नहुने ठोकुवा गरे। केही विवाद आयो भने संगठन विभागले हेर्ने उनी बताउँछन्। थोरै समयमा गर्नुपर्ने काम धेरै भएकोले महाधिवेशन होला कि नहोला भन्ने नेताहरूमा अलमल छ। जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सचिवालयले छलफल गरेर ल्याएको महाधिवेशनको मिति केन्द्रीय कमिटीले पारित गरेको बताए। महाधिवेशन गर्न चाहेमा यही समयमा गर्न गाह्रो नहुने उनको भनाइ छ। अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा ल्याएको विशेष राजनीतिक प्रस्तावमा महाधिवेशन पोखरामा गर्ने ड्याङ्गै प्रस्ताव ल्याउँदा नेताहरू अलमलमा परेका थिए। कुनै परामर्श नगरी ल्याएकोमा उनीहरू आश्चर्यमा परेका थिए। पोखरा नै किन छानियोरु यसबारे जिल्लाका नेतालाई सुइँको दिइएकै थिएन। तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम कास्की, गण्डकीका सबै प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष केन्द्रीय कमिटीमै भएकोले सबैको सहमति जुटाउन सहज भएको दाबी गर्छन्। एमालेले हरेक कार्यक्रममा प्रविधिको उच्च प्रयोग गर्दै आएको छ। यसपटक फास्ट ट्रयाक काम गर्न त्यस्तै विधि अपनाउने नेताहरूको भनाइ छ। तर, जेन–जी आन्दोलनकै कारण नेतृत्व छोड्न दबाब महसुस गरिरहेका अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रतिर पनि नजर लगाइरहेका छन्। यी दुई दलले महाधिवेशन गर्छन् कि गर्दैनन्, उनलाई चासो छ। एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल केन्द्रबाट सर्कुलर जानेबित्तिकै देशभरि प्रतिनिधि छनोटको काम एकैदिन गर्न सकिने बताउँछन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल