Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ गुप्तचरको स्वागतमा पुरानाको छेडछाड

काठमाडौं । गुप्तचर प्रमुख नयाँ आए । तिनलाई बधाई दिने गुप्तचरकै भूपूहरूको संस्था लाग्यो । टेकेन्द्र कार्कीले स्वागत पाउँदा हुतराज थापाले भाद्र २३ र २४ काण्ड लगाएर प्रधानमन्त्री, गृहमन्त्री, सचिव सरह पासपोर्ट निलम्बन गर्ने र उपत्यका छाड्दा पनि सरकारको स्वीकृति लिनु पर्ने बनाउँदा बधाई नपाउने कुरै थिएन । थापालाई बधाई र व्यङ्ग्य गर्ने अरुको आँट थिएन । आफ्ना पूर्वजको छेडखानी सुन्ने र हास्ने उनको कर्मै थियो । दरबारदेखि काँग्रेस, एमाले र पञ्चसम्मलाई प्रयोग गरी गुप्तचरमा विज्ञता हालिस गर्ने देवीराम शर्मा थिए । तिनै शर्माले सुदृढ गरेको गुप्तचर अहिले सक्रिय छ । अझै पनि गुप्तचरका बारेमा शर्मासँग राय सुझाव लिने र दिने चलन प्रशासनिक तहमा छ । शर्मामाथि पनि ०६२÷०६३ को आन्दोलनपछि बनेको सरकारले हुतराजलाई झै सतायो । सुरक्षा समूहका प्रमुखहरू सबैको निलम्बन भयो, समयमा फुकुवा भयो तिनले पेन्सन पट्टा पाए । संगठनबाट पाउने सुविधा समयमै सहज लिए । तर शर्मालाई त्यो पाउन अदालती सहारा लिनु प¥यो । त्यो बेला भारतीय गुप्तचर कृष्ण सिटौला गृहमन्त्री थिए । गुप्तचर अन्तर्गत नै थियो । भारतलाई रिझाउन सिटौलाको दायित्व थियो र छ । आज मन्त्री परिषद्ले त्यो संस्थालाई प्रधानमन्त्री कार्यालयबाट गृहमै फर्काएको छ । गुप्तचर प्रधानमन्त्री कार्यालय अन्तर्गत भएकै बेला प्रधानमन्त्री, गृहमन्त्री, सचिव, गुप्तचर प्रमुख काठमाडौं प्रजिअसँगै राखेर सरकारले जे गर्दैछ त्यो पाच्य छैन । यो आन्दोलनका प्रत्येक घटनाका जिम्मेवार तत्कालिन प्रम र गृहमन्त्री हुन् । सडकको प्रहरी, सशस्त्र प्रहरीका आईजीपी माथि प्रश्न नउठाउने तर गुप्तचर प्रमुखकाथि प्रश्न किन ? तिनीहरूका बीचमा नयाँ प्रमुखको स्वागत र सुझाव कार्यक्रममा छलफल भएकै हो । पुरानो घर जुम्ला भए पनि राजधानीकै सेन्ट जेभियर्स स्कुलको विद्यार्थी यी टेकेन्द्र कार्की अध्ययनशिल र कमाण्डमा सशक्त छन् । एमफिल गरेका छन्, पिएचडीको तयारी गर्दै गर्दा सरकारले उनलाई राष्ट्रिय अनुसन्धान विभागको चिफ पत्यायो । संगठनमा ओम जोशी वरिष्ठ थिए । शेरबहादुर देउवा, रमेश लेखकले चाहेर मात्रै जोशीलाई प्रमुख बन्ने अवस्था थिएन । भद्रता उनको बिर्सी नसक्नु गुण हो भने कमाण्डिङमा कमजोरी बैगुन हो । भूपू प्रमुखहरूले पनि जोशीबाट अनुसन्धान विभाग चल्देन भनेकै थिए । संगठनको वार्षिकोत्सवमा त्यो कुरा छासछुस उठ्यो । तर चासो धेरै लिइएन एक भूपू भन्दै थिए । संस्थागत हितका कुरा प्रमुख भएकै नाताले नयाँ प्रमुखले गुरुहरूबाट लिने र संगठन हाँक्ने गर्नुपर्छ । ओली प्रम बन्दा गुप्तचरलाई समय अनुकुल बनाउने गरी ऐन ल्याउने तयारी हुतराज थापाबाट अगाडि बढेको हो । त्यो बेला कार्की दोस्रो कित्तामा थिए । उनको बानी सूचना र सञ्चारबाट टाढा रहने र प्रकाशित समाचारलाई चासो नदिने छ । आफ्नो काम निष्ठापूर्वक गर्ने अरुको चिसो चर्चो नगर्नु राम्रै हो । तर सधैं मै मात्र जान्ने, मै हुँ सर्वेसर्वा भन्दा भन्दै एमालेका श्री ३ केपी ओलीले देशै खरानी बनाएको तर्फ ख्याल गर्नैपर्छ । किनकि त्यो बेला पनि गुप्तचरले अ‍ोलीलाई पर्याप्त सूचना दिएकै हो ।

सुरक्षा संयन्त्रको सुरै सुनिएन
केपी ओलीमा दम्ब थियो, उनी आफै. पद त्याग्ने पक्षमा थिएनन् । बालुवाटार घेराबन्दीमा पर्दा ओली निरोले बाँसुरी बजाएर शहर जलेको हेरे जस्तै अवस्थामा थिए । उनको जस्तो दम्ब र अहंकारले कुनै पनि संस्था चल्दैनन् । संस्था चलाउने सोच सर्वस्वीकार्य हुनुपर्छ । गुटबन्दी विहिन आन्तरिक एकता सुदृढ हुनुपर्छ । त्यो सत्य विभागीय प्रमुखको मनमा प्रवेश हुनुपर्छ ।

गुप्तचरका गोप्य कुरा
चीनले नेपालको परिस्थितिको भित्री कुरा बुझ्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा र दरबारका हस्ती विवेक शाहलाई बोलाएको चर्चा छ । नेपाली राजनीतिले समय अनुसार कत्ला फेर्छ । बहुदलवादी र गणतन्त्रवादीको भ्रष्ट चरित्र बुझेको चीनले गुप्तचरको नेतृत्वबाट राष्ट्रिय सार्वभौमिकता र अखण्डताका बारेमा बुझ्न सक्छ । नेपाल, भारततर्फ लम्पसारवादी छ । चीनले यिनको नौनाडी छामेको छ । नेपालका घुस्याहालाई आर्थिक सहयोग गर्न चिनले मात्र होइन भारतले पनि चाहेको छैन । सिंहदरबार जल्दा हेरेर बस्ने नेपाली सेना राज भएका बेला राजाको सेवक भयो । लोकतन्त्र स्थापनापछि राष्ट्रपतिको सेवक त भयो तर व्यापार व्यवसाय सेनाको देश रक्षा बन्न पुग्यो । त्यस्तो सेनाका राजाका एडिसी विवेक शाह चीनको रोजाईमा कसरी परे ? अनौठो परिस्थिति तयार हुँदै त छैन ? हिजो कृष्ण सिटौलाको लोकतन्त्रले प्रहरी र सशस्त्र प्रहरी र गुप्तचरका प्रमुखको निलम्बन ग¥यो । निलम्बनको अवधि पुग्दा प्रहरी र सशस्त्र काँग्रेसको नियुक्ति भएकाले पेन्सन पट्टा घरमै पुग्यो । तर गुप्तचरका देवीरामलाई दरबारीया भनेर निलम्बन फुकुवा हुँदा समेत पेन्सन पट्टा दिइएन । तर उनले हार खाएनन् । अदालत गए र आफ्नो अधिकार लिइछाडे । शर्मामा गुप्तचरको विज्ञता थिएन भने त्यो संस्थाका उनी पछिका प्रमुखहरू हुन् वा अहिलेको पुस्ताले समेत विशेष रुपमा लिन्छ किन ? नेपालको कुटनीतिक सम्बन्ध राष्ट्रको सार्वभौम अखण्डता र स्वाधितासँगै आत्मसम्मनका बारेमा सचेत देवीरामलाई विदेशी जासुसी संस्थाहरूले समेत महत्व दिन्छन् । चीन र भारत विकास साझेदार मित्रराष्ट्र भए पनि पछिल्ला वर्षहरूमा नेपालले विश्वासमा लिन सकेको छैन ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल