Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले २४ गतेको विध्वंशमा आफ्ना कार्यकर्ताको संलग्नता स्वीकार्यो

रास्वपाले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनको माग गरेको छ, जसमा दोषीलाई कारबाहीको कुरा उल्लेख छ।
कार्यवाहक सभापतिले घटना योजनाबद्ध भएको आशंका गर्दै दोषीलाई कारबाही नगरे न्याय स्थापित नहुने बताएका छन्।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूकै सक्रियता रहेको स्वीकार गरेको छ ।

शुक्रबार चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ ।

कार्यवाहक सभापति अर्यालले प्रतिवेदनमा भनेका छन्, सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशंकालाई पनि बढाएको छ ।

रास्वपाले भदौ २३ र २४ गरी दुवै दिनका घटनाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन आवश्यक रहेको औँल्याएको छ । प्रतिवेदनमा भनिएको छ, हामी अत्यन्तै प्रस्ट रूपमा भन्छौँ– २३ गते राज्यशक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन्, तर दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ ।

यसको सुरुवातचाहिँ भदौ २३ मा नरसंहार गर्नेहरूबाट थाल्नुपर्ने रास्वपाको जिकिर छ ।

‘दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन सक्दैन । दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढाउँछ, कार्यवाहक सभापति अर्यालले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, त्यसैले दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हुन्छ ।

निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्दामात्र राज्य आफ्ना नागरिकप्रति जबाफदेही छ र आफ्नो शक्तिलाई गैर–जिम्मेवारपूर्ण तरिकाले प्रयोग गर्दैन भन्ने सन्देश जाने पनि उनले प्रस्ट पारेका छन् । यसबाट राज्यप्रतिको जनविश्वास पुनः स्थापित गर्न मद्दत गर्ने उनको तर्क छ ।

छानबिनबाट मात्रै भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भिड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उनले उल्लेख गरेका छन्


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल