Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जेनजी समूहले संविधान नमान्ने तर कार्यकारी प्रमुखको चुनवा अनिवार्य भनिरहँदा एकाएक मधेश प्रदेशमा नेकपा एमालेका अध्यक्षको आडमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले चालेको कदम संविधान विपरित हुन पुग्यो । भण्डारी झापाकै हुन् । पार्टीमा योगदान कति छ त्यो केपी ओलीको चासोको विषय परेन । किनकि अध्यक्ष ओलीलाई संविधान कानुन जरुरी छैन । उहाँ संविधानमाथि हुनुहुन्छ, कानुन उहाँकै मुखमा हुन्छ । त्यही कारण केपीले नेकपा कालमा आफैंसँग रहेको जसपा फुटाउन खोज्दा महेश बस्नेत, किशन श्रेष्ठले संसद पदको गरिमा राखेनन् । आईजीपीबाट निवृत्त सर्वेन्द्र खनाल यिनको दोस्ती भए । त्यो योजना पुरा नहुँदा ओलील्े ०७९ को निर्वाचनपछि पनि प्रचण्ड नेतृत्वको सरकार प्रयोग गरेर जसपाबाट अशोक राईलाई फुटाएर एमालेमा प्रवेश गराउने पहल गरे, त्यो सफल भएन ।
संघीयता र गणतन्त्र कसैलाई घाँडो भएको छ भने त्यो भ्रष्टाचार शिरोमणकेपी ओलीलाई भएको छ । उनले गर्ने गुण्डा राजनीतिमा सघाउने शंकर पोखरेल, प्रदीप ज्ञवाली, पदमा अर्याल, भानुभक्त ढकाल, शेरधन राई जस्ता नेता पनि शोभा पाठकमाथि यौन दूराचार गर्ने महेश बस्नेत नै भएका छन् । जसले हिजो ृकिसान श्रेष्ठ र सर्वेन्द्र खनालसँगै लगेर उपेन्द्र यादवका सांसदलाई महोत्तरीबाट अपहरण शैलीमा नक्सालको तारे होटलमा बन्धक बनाएका थिए । गणतन्त्रको नाउमा कानुन मृतप्राय छ । सरकार बनेका छन्, एमालेका श्री ३ को इशारामा अदालत, प्रहरी, कर्मचारी चलेका छन् । जेनजी पुस्ता मुर्ख छ । यो पुस्ताले राष्ट्रपतिलाई प्रयोग गर्ने भनेर सेनाको अडामा धम्क्याएको छ । २४ गतेको आगजनीमा असफल असक्षम त्यो सेना देशभक्त बन्नै सकेन । व्यवस्था गणतन्त्र र संघीयता भन्दा टाढा छैन । तर केपी ओली र गोदाममा पैसा जलाइएका शेरबहादुरहरू चम्केका छन् । देउवाले जसरी काँग्रेसमा मै हुँ भन्ने किसानको रगत पसिना पिउने गगन थापाहरूलाई लोप्पा दिएका छन् । विधानत सभापतिले नचाहेसम्म महाधिवेशन प्रतिनिधिरुको पनि केही नलाग्ने अवस्था छ । एमाले श्री ३ को घोषणा अरुले हुबहु कार्यान्वयन गर्न सक्छन् तर पार्टीका युवा भनिएका र केही बुझेका लठ्ठकहरू पनि सांसद पद जोगिाए अझै चुनाव खर्च संकलन गरौं कि भन्ने दाउमा छन् । यो टोलीको नेतृत्व योगेश भट्टराईले गरेका छन् । जो पाथिभरा केबलकारको नाउमा आफूले ७ लाखमा किनेको भीरपाखो केबलकार कम्पनीलाई बेचेर कुम्ल्याउने योजनामा लाग्दा आफ्नै जिल्लामा बहिष्कृत भएका छन् । नेकपा एमाले र ओली गुट भनेको राष्ट्रघाती हो । यो गुटले नेपाल ट्रष्टको जमनि थामसेर्कुलाई सुम्पदा होस् वा गोकर्ण रिसोर्टको जमिन यति होल्डिङ्सलाई बुझाउन गरेको सम्झौता किन नहोस् कानुनको सीमामा छैन ।
एमालेले मधेश प्रदेशको सरकारको निर्माण प्रक्रियामा देखाएको व्यवहारले संघीयता उसका लागि घाँडो भएको हो । आफ्नै कारण सत्ताच्यूत भएका केपी ओलीले जेनजी पुस्तालाई अल्लारे केटाको संज्ञा दिए । त्यो पुस्ता आफंै विभाजित छ । त्यही कारण ओलीको दुर्वचन सबैले अस्वकिार गर्छन् । राष्ट्रको अवस्थाका बारेमा ओली गुटलाई थाहा छ । थाहा भएर पनि जेनजी पुस्तामाथि किन प्रहार गर्नुप¥यो ? एमालेका मान्छे मरे कि मारिए ओलीलाई त्यो इच्छा पूरा गर्ने ठाउँ छैन । एमालेको एजेन्डाले काँग्रेसको देउवा गुटलाई प्राण थपेको छ । त्यो गुटलाई डा. शेखर समुहले अत्याएको छ । तर त्यो समूहमा पार्टी केन्द्रमा बहुमत छैन, संसदीय दलमा भएका ३५ जना पनि समूहमा धानिने अवस्था छैन । बीपीको बदनाम गरेर सांसद भएका डा. शशांकको टिमका दिपक खड्काको चाला नेपाल स्काउटको जग्गा कब्जा गर्नुमा प्रजातन्त्र छ भने दिपक गिरी नाउका तस्करको योजनाले काँग्रेसको दाङ जिल्ला सभापतिलाई पंगु बनाएको अवस्था छ । एमालेका ओलीको एजेन्डा अनुसार पहिले पनि संसदको हस्ताक्षर गरेको यो टोलीलाई भोलि संसद बन्ने रहर छैन । त्यही कारण संघीयतामाथि प्रहार गर्न तम्सेको हो । केपी ओली त्यो विकृतिको जड हुन् । उनका हनुमानको अर्थ भएन ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल