Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ।
मुभमेन्टले मन्त्रीहरूमाथि आर्थिक अनियमितता, गैरकानुनी कर छुट र पदको दुरुपयोगको आरोप लगाएको छ।
जेनजी मुभमेन्टले सरकारलाई बहिस्कार गर्न र सुशीला कार्कीलाई राजीनामा दिन आह्वान गरेको छ।
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङ आर्थिक अनियमिततामा मुछिएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्रीमा मुछिएकालाई छुट दिएको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले समेत आफन्तलाई नियुक्ति दिएको आरोप लगाएको छ । यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले समेत काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर पदीय दुरुपयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ ।
अतः हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठराघात नगर्न आह्वान गर्दछौँ, जनेजी मुभमेन्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सत्ता कुु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिस्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आहन गर्दछौँ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल