Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज सर्वदलीय बैठक, के के छन् एजेन्डा ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।

अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाइएको छ । बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफलमा निर्वाचन आयोगका प्रतिनिधिले आयोगले निर्वाचनबारे भएको तयारी तथा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराउनेछन् । सरकार र निर्वाचन आयोगले तोकिएकै समयमा निर्वाचन गराउने बताइरहेका बेला प्रमुख राजनीतिक दलहरूले भने शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रधानमन्त्रीसँगको छलफलमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था र सम्भावनाका बारेमा समेत छलफल हुनेछ ।

जेनजी युवाहरूले अन्तर जिल्ला र विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने र त्यसको व्यवस्था मिलाउनुपर्ने माग गर्दै आएका छन् । तर अहिलेको अवस्थामा उक्त व्यवस्था गर्न कठिन रहेको आयोगले बताउँदै आएको छ ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र रास्वपा लगायतले फागुन २१ को निर्वाचन दायाँबायाँ गर्नु नहुने बताउँदै आएका छन् भने नेकपा एमालेले सरकारमाथि वैधानिकताको प्रश्न उठाउँदै प्रतिनिधिसभा पुनर्स्थापना गरेर मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउनुपर्ने बताउँदै आएको छ । एमालेले वर्तमान सरकार निर्वाचन भन्ने तर नगर्ने बाटोमा रहेको भन्दै नेताहरूलाई स्थान हद तोकेर राजनीतिक गतिविधि गर्नै नदिएको भन्दै सरकारको आलोचना गरिरहेको छ । यद्यपि उसले निर्वाचन प्रयोजनका कार्यक्रममा भने सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्रीले बोलाएको आजको छलफलमा पनि एमालेले आफ्ना कुरा र मुलुकको अवस्थाबारे प्रस्ट धारणा राख्ने नेताहरूले बताएका छन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल