Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुनै पनि पद लिने फुट्ने भन्दा जुट्ने गर्नुपर्छ । समझदारी गर्दा उमेर समूह, पारिवारिक पृष्ठभूमि जति महत्व हुन्छ त्यो रुपमा कोइराला वंशबाट फुत्केको काँग्रेसले युवाको त्यो महत्वकांक्षा कति बुझ्यो ? युवा भनिएका गगन थापालाई अब निर्वाचन क्षेत्र खोज्नु परेको छ । यो बेला गगन थापा म सभापतिको उम्मेदवार भन्दैछन् । उनले आफू उपसभापतिमा बसेर झापाका विश्वप्रकाश शर्मा, मोरङका गुरुराज घिमिरे, तनहुँका प्रदीप पौडेललाई पदाधिकारीमा राखेर डा. शेखरलाई सभापतिमा अगाडि सार्दा नेतृत्व आउन सक्छ । तर मै सभापति, मै प्रधानमन्त्री भन्ने गगन थापाले पछि पार्टी संस्थापनका पूर्णबहादुर खड्का र डा. आरजुलाई लिएर सभापति पद फुत्काउन सक्छु भन्ने बुझेका छन् ? काँग्रेसले क्रियाशील सदस्य वितरण मापदण्ड खुकुलो बनाएको छ । गगनको महामन्त्री कार्यकाल गनीमत भएन । क्रियाशील सदस्यता सिफारिश गर्दा पैसा खाने ४२० चरित्र पनि छन् भन्ने बुझ्नुपर्छ । किनकि त्यो पार्टीले विधानमै सभापति सर्वेसर्वा राख्दाको परिणाम अन्तसंघर्ष चर्कनु हो । गगन, विश्व, प्रदीप, गुरुराज जस्ता नेताहरुले कृष्ण सिटौलाको थेच्चर प्रवृत्तिलाई ख्याल गर्नुपर्छ । पुराना थेच्चरहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि जस्तालाई अब कसैले बोक्नु पर्दैैन । किनकि उनीहरुलाई पार्टीको पद पनि दिने सरकारमा स्थान पनि दिइएकै हो । तर लुट्न सफल भए । अहिले संस्थापनबाट काँग्रेस सभापति पद खोस्न सक्ने र देखाउन मिल्ने अनुहार डा. शेखर नै हुन् । जो प्रत्येक जिल्ला र क्षेत्रमा घुमेर आम कार्यकर्ताको मत बुझेका छन् । हिजो देउवा र पौडेल गुटका कार्यकर्ताबीचमा सौहार्दता नहुँदा दुवै पक्षसँग बहस चलाउने डा. शेखर हुन् । उनलाई १४औं महािवधेशनमा सुजाता जोष्ट र डा. शशांकले सघाएनन् । आज उनीहरु ठाउँका ठाउँ मिल्न पुगेको हिजोको गल्ती पछुताउँदै कमजोरी स्वकिार्दै छन् ।
गलत धन्दा, भ्रष्ट बोक्दै गगन
काँग्रेसमा गगन शुद्ध छन् भन्ने मान्छे छैनन् । किनकि व्यवसायिक किसानको अनुदान हजम गर्नेदेखि स्वास्थ्यमन्त्री बन्दा वीर अस्पतालमा ५ लाखको एक्सरे मेशिन १५ लाख, १ करोड ५० लाखको सीटी स्क्यान ४ करोड ५० लाख बनाएर हजम गर्नेहरुमाथि मन्त्रीको नाताले खबरदारी गरेका थिएनन् । क्याम्पस स्ववियुलाई कमाईको थलो बनाउने र कोचिङ सेन्टर खोलेर इन्जिनियर र डाक्टर अध्ययन गर्नेहरुको सिन्डिकेट चलाउने गगन हुन् । यिनै गगन र डा. गोविन्द केसीको योजनामा देशमा अनमी, नर्सिङ, ल्याब, अहेब जस्ता कोर्ष सञ्चालन गरेका कलेज बन्द गराउँदा नेपालको पैसा छिमेकी भारत गएको कुरा गगनहरुले कति बुझेका छन् ?
गोविन्द केसी नेपालको मेडिकल शिक्षामा राज्य तहबाट लगानी हुनुपर्छ । प्रत्येक प्रदेशमा मेडिकल कलेज खोल्नुपर्छ यो शिक्षा महंगो हुनु हुुन्न, गरिबका छोराछोरकिो पनि मेडिकल शिक्षामा पहुँच हुनुपर्छ भन्ने आवाज उठाउने विज्ञ हुन् तर डा. गोविन्दकै कारण सरकारी एमबीबीएस कोटा बढाइएको छैन । काँग्रेसका गगनले यस्तै सन्काहालाई काँध थाप्दा एमबीबीएस बाहेकका प्यारा मेडिकल र नर्सिङ पढ्न इच्छुक विद्यार्थीको अवसर गुमेको छ । काँग्रेसले शिक्षा र स्वास्थ्यका क्षेत्र सुधारेको छैन । निजी मेडिकल कलेनजहरुलाई सम्बन्धन दलिाउन शिक्षामन्त्रीलाई गुरु दक्षिणा चढाउनु पर्नाको कारण भ्रष्याचारी शैली हो । पार्टीको महाधिवशेनमा यस्ता विषयले ठाउँ पाउन सक्दैन । काँग्रेसको युवा पुस्ता मातेर हिँड्दा फेरि अवसर गुम्ने निश्चित छ । देउवा गुटबाट काँग्रेसले प्रगति गर्दैन ।
भ्रष्टाचारकी कुलदेवीको शरणमा ?
बेइमानी र भ्रष्टाचारका नाइके केपी ओली जस्ता फटाहासँग मिलेर सरकार बनाउन रमाएको देउवा मण्डलीले नक्कली भुटानी शरणार्थी र भिजिट भिसाको नाममा देशलाई ठग्दा उम्कन सकिन्छ भन्ने सोचेको छ भने त्यो सरासर गलत हुन्छ । गिरिबन्धु काण्डमा केपी ओली जसरी जोडिए त्यहाँ दिपक मलहोत्रा, डा. आरजु राणाको संलग्नता अख्तियारले छानविन गर्दैछ । रेमश लेखक जस्ता साधु डा. आरजुकै पेरिफेरिमा नाच्ने नर्तकी थिए भने भाउजुको सेवा गर्न उफ्रेर पुगेका गगन थापाले भाउजुलाई उपसभापति स्वीकारेर देउवाको साथ पाएको खण्डमा देउवाकै विश्वास पात्रहरु डा. प्रकाशशरण महतदेखि भुटानी शरणार्थी काण्डका योद्धा बालकृष्ण खाँण, मञ्जु खाँणको विद्रोहले गगनलाई सघाउने छैन । उपसभापति पूर्णबहादुर गगनसँग जोडिए भने संस्थापनमा विद्रोह चर्कने छ ।
यिनै गगनहरुले भ्रष्टाचारी नायक दिपक खड्कालाई खबरदारी गरेनन् । प्रदीप पाण्डेका विरुद्ध काँग्रेसी राजेन्द्र बजगाई खनिएकै हुन् । कानुन मन्त्री अजय चौरसियाको इँटा भट्टामा ज्यूदै मान्छे पोल्ने गुण्डा चरित्रका मोहमत अफ्ताव आलमलाई जेलमुक्त गर्न न्यायाधीशहरु परिचालन गर्नु, उपसभापति धनराज गुरुङको सहकारी ठगीमा रमिते बन्नु बहादुरी ठानेका छन् । काँग्रेसको देउवा समूह कति बदनाम छ भन्ने कुरा घरमै पैसाको गोदाम जल्नु र कुटिनु पनि सर्मनाक बदनामी थियो । यो जान्दा जान्दै भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणालाई बोकेर गगनले सभापति पद सुरक्षित गर्छु भन्ने ठाने भने त्यो जस्तो अपराध अरु हुँदैन । किनकि काँग्रेसमा सचेत युवा धेरै छन् । अब गगन थापाकै तर्कमा युवाहरु रमाउन पर्दैन । पार्टीको नेतृत्व हिजो जसरी फुत्काइयो आज त्यसरी नै सुम्पन देउवालाई डा. शखेर जति सहज बन्छन् गगन थापा सहज छैनन् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल