Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको महाधिवेशन उद्घाटनस्थलमा कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको छ। उद्घाटनस्थलको सम्पूर्ण क्षेत्रमा बम डिटेक्टर उपकरण को प्रयोग गरिएको छ। साथै, सुरक्षा जाँचका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन भएको छ। महाधिवेशनमा सहभागी हुने लाखौँ जनताको सुरक्षा सुनिश्चित गर्न र शान्तिपूर्ण वातावरण कायम राख्न प्रहरीले उच्च सतर्कता अपनाएको हो। जनपरिचालनलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापनमा विशेष योजना लागू गरिएको छ। विभिन्न जिल्लाबाट आउने सवारी साधनहरूका लागि जगातीस्थित भाइरल प्लानिङ र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा पार्किङको व्यवस्था गरिएको छ। सहभागीहरूलाई पार्किङस्थलबाट व्यवस्थित तरिकाले महाधिवेशनस्थलसम्म ल्याउन सर्भिस लेनबाट भव्य जुलुससहित आउने प्रबन्ध मिलाइएको छ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल