Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रीय कमिटी बैठकमा जब ईश्वर पोखरेल कड्किए

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान अनुसार पार्टी चल्नु पर्ने बताएका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पोखरेलले भने, विधान अनुसार चलौं । महासिचवले प्रस्तुत गर्नुभएको कार्यसूची अनुसार चलौं । दायाँबायाँ नगरौं । के हाम्रो विधान अस्थायी हुन् ? जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाउ भन्ने तपाईंहरू नै होइन ? पोखरेलले प्रश्न गरे । उनले अगाडि भने, बदलिएको परिस्थितीले अंक बढाऊ भनेको होइन ? बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबरजस्त सन्देश दिएको छ । के संख्या बढाएर क्षमता बढ्छ भने अस्ति हाम्रो क्षमता जाँचिएन ? दुई कार्यकालबारे पनि कुरा उठेको भन्दै नेता पोखरेलले यसबारे छलफल नहुने भन्दै प्रश्न गरे, अरू बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्‍याउँछ ?


सम्बन्धित समाचार