Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समानुपातिक बन्दसूची सच्याउन रास्वपाले माग्यो सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू निर्वाचन आयोगले तोकेको समय सीमाभित्र सुधार गर्ने जनाएको छ। विभिन्न सरोकारवालाहरूबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ। समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पारिएको उल्लेख गरेको छ। पार्टी सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको हो । उक्त बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समय सीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ । बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने जनाएको छ। रास्वपाले आयोगमा बुझाएको बन्दसूचीको विषयमा चर्को आलोचना भइरहेको छ।


सम्बन्धित समाचार