Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टाटा सुमो दुर्घटनामा ६ जनाको ज्यान गयो

हेटौँडा । आइतबार मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिचय खुलेको छ । आइतबार साँझ १७ः२० बजेको समयमा भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटना भएर एक सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । उनीहरुमध्ये दुई जना भारतीय छन् भने दुई जनाको परिचय खुल्न बाँकी छ । हेटौँडा अस्पतालमा मृत्यु भएकाहरुमा भारत, बिहार राज्य, पटना बस्ने ४२ वर्षीय रजनिश कुमार, मकवानपुर, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत, बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार, नाम थर वतन नखुलेको अन्दाजी ३६ वर्षीय पुरुष र नाम थर वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् ।

उपचारका लागि हेटौँडाबाट चितवन पठाइएकाहरु सुमो चालक, मकवानपुर, हेटौँडा–४ कर्रा चोक बस्ने ४५ वर्षका गणेश थापा, शरीरको बिभिन्न भागमा चोट, अवस्था गम्भीर भएपछि आइतबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ । हेटौँडा–४ कमलडाँडा बस्ने सबिता लम्सालकी १२ वर्षीया छोरा अभ्यास लम्सालको अवस्था गम्भीर ।भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ । रौतहट, चन्द्रपुर–२ की २१ वर्षीया रिचा चौधरी टाउको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार