Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच पार्टी विवादबारे अहिले वार्ता भइरहेको छ। देउवा निवास महाराजगन्जमा उनीहरूबिच छलफल भइरहेको हो। वार्तामा सहभागी एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार देउवाले सहमतिका लागि संवाद गर्न बोलाएपछि दुवै महामन्त्री देउवा निवास पुगेका हुन्। विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा छन्। तर यसका लागि देउवा तयार नभएपछि दुई पक्षबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति हुन सकेन। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि देउवाले दुवै महामन्त्रीलाई बुधबार बिहानै आफ्नो निवास महाराजगन्ज बोलाएका हुन्। अहिले उनीहरूबिच छलफल जारी रहेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए। देउवा निवासमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाललगायत शीर्ष नेता पनि छन्। सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ। सभापति देउवा त्यसका लागि तयार देखिनुभएको छ, देउवानिकट स्रोतले भन्यो। यसअघि नै संस्थापन पक्ष विशेष महाधिवेशनको दस्तावेज केन्द्रीय समितिमा अध्ययन, संशोधन र परिमार्जन गरेर ग्रहण गर्न सहमत भइसकेको छ। यस्तै २०८० फागुनमा सम्पन्न महासमिति बैठकका निर्णय लागु गर्न पनि संस्थापन तयार छ। यसैगरी आसन्न प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणका लागि संसदीय बोर्ड बनाउन संस्थापन पक्ष सहमत भएको थियो। एक नेताका अनुसार टिकट न्यायोचित ढंगले वितरण गर्ने, संसदीय बोर्डको निर्णय नै कार्यान्वयन गर्नेलगायत कुरामा दुवै पक्ष सहमतिमा पुगेका थिए।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल