Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फुट नजिक पुग्यो कांग्रेस

काठमाडौं । बहुमत महाधिवेशन प्रतिनिधिको विद्रोहलाई दबाएर जाने संस्थापनको अडानका कारण काँग्रेस फुटनजिक पुगेको छ । बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागि हुन संस्थापनका नेताहरु सानेपामा भेला भइरहेका छन् । बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो बस्न लागेको हो । यो बैठकले दोस्रो विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई कारबाहीको तयारी गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले केही बेरमा केन्द्रीय कार्यसमिति बैठक बसेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको तयारी गरेको बताएका छन् । बरालका अनुसार महामन्त्रीद्वयले सभापति देउवा नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गतेको चुनाव पनि नलडी आराम गर्नुपर्ने भनेर राखेको शर्तमा कुरा मिलेन । अरू सबै विषयमा सहमति जुट्ने अवस्था देखिए पनि देउवाले नेतृत्व नछाड्ने अड्डी कसेपछि कांग्रेस इतिहासमै तेस्रो पटक फुटतर्फ अग्रसर भएको हो ।


सम्बन्धित समाचार