Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनले लिए सभापतिको शपथ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् । निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची पढेरर सुनाउँदै सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ । निर्विरोध निर्वाचित भएपछि सभापति थापालाई शपथ ग्रहण गराइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने बिहीबार दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको जानकारी गराइएको छ । नेपाली कांग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् । मध्यरातपछि शुरु भएको घोषणा कार्यक्रम २ बजेमात्रै सकिएको थियो । उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।


सम्बन्धित समाचार